प्रचारप्रसारको पर्खाइमा ठूलोढुंगा

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ स्थित ठूलोढुङ्गा । यहाँ ठूलोढुङ्गा भित्र गुफा र गुफाभित्र सिद्धबाबाको मन्दिर रहेको छ भने ढुंगामाथी ठूलठूला रुखहरु रहेका छन् । ऐतिहासिक, धार्मिक तथा प्राकृतिक हिसावले महत्वपूर्ण रहेपनि यो स्थानले उचित प्रचारप्रसार नपाउँदा ओझेलमा परेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










