स्वास्थ्य प्रतिको चासो

तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित निःशुल्क क्षयरोग जाँच शिविरमा आफ्नो स्वास्थ्य परीक्षणका लागि आएका स्थानीय महिलाहरु । उक्त शिविमार २१० जनाको स्वास्थ्य परीक्षण गरिएकोमा दुई जनामा क्षयरोग (टीबी) संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको वडा नं. ४, ५ र ६ का समुदायलाई लक्षित गरी वडा नं. ४ स्थित भागे आधारभूत स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित एक्सरेमार्फत क्षयरोगको परीक्षण गरिएको थियो ।

शिविरमा परीक्षण गरिएकामध्ये १६ जनालाई थप परीक्षणका लागि खकार जाँच गर्न सिफारिस गरिएको थियो । खकार परीक्षणपछि तीमध्ये दुई जनामा क्षयरोग पुष्टि भएको जनाइएको छ । समुदायस्तरमै क्षयरोगका सम्भावित बिरामी पहिचान गरी समयमै उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिदा रोगको प्रारम्भिक पहिचान र उपचारमा समुदायको पहुँच बढाउने अपेक्षा गरिएको छ । तस्विर : भञ्ज्याङ










