व्यास नगरपालिकाले कृषि व्यवसायमा स्थानीय उत्पादन कर नलिने

व्यास नगरपालिका कार्यालयले कृषि व्यवसायमा लाग्ने स्थानीय उत्पादन कर नलिने भएको छ । कृषिसँग सम्बन्धित पशुपक्षी, माछा, फलफूल, तरकारी र दूधलगायतका स्थानीय उत्पादनमा लाग्ने करमा नगरपालिकाले छुट गरेको हो ।

साथै दुग्ध सहकारीमार्फत बिक्री हुने दूधमा प्रतिलिटर रु एक र सहकारीमार्फत बिक्री हुने खसीबोकामा प्रतिकिलो रु १० का दरले सम्बन्धित किसानलाई अनुदान दिने कार्यक्रम रहेको छ ।

व्यास नगरपालिकाको हालै सम्पन्न ३७औँ नगरसभाबाट आर्थिक वर्ष २०७९÷८० को बजेट तथा नीति कार्यक्रमले पनि उक्त कार्यक्रमलाई पारित गरेको नगर उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो ।

सेवा शुल्क र दस्तुरका दर, व्यवसाय कर सम्पत्ति कर एवं भूमि कर, घरनक्सा पास दस्तुर, खानीजन्य ढुङ्गा, गिटी, बालुवा, ग्रावेल, रोडा, स्लेट ढुङ्गा चुनढुङ्गा, ब्लक, इँटा, कटिङ, कबाडी सामान र काठ आदिमा लिइने दस्तुर सामान्य हेरफेर गरी करको दायरा फराकिलो बनाउन लागेको उपप्रमुख दरैले जानकारी दिनुभयो ।

आगामी बजेटमा कृषि क्षेत्रको जैविक तथा आधुनिकीकरणमा विकास, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति, पर्यटन क्षेत्रको एकीकृत विकासमा जोड दिइएको छ ।

त्यसैगरी सडक, खानेपानी, खेलकुद मैदान, कार्यालय भवन, पार्क निर्माणलगायत पूर्वाधारको विकास, उत्पादनमूलक उद्योगमैत्री कार्यक्रम र मानव संशाधनको विकास र सुशासनको प्रत्याभूति हुने गरी काम गर्ने योजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker