व्यास र शुक्लागण्डकीमा सार्वजनिक विदा

हरिबोधिनी एकादशी पर्वका अवसरमा तनहुँको व्यास र शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक विदा दिएका छन् । नगरपालिकाले कात्तिक २९ गते सोमबार हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएका हुन् ।
बिदा दिन नगरपालिका अन्तर्गत सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था अत्यावश्यक सेवा बाहेक बिदा दिइएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।
व्यास नगरपालिका भित्रका सामुदायिक तथा निजी शैक्षिक संस्था एवं अन्य संघसंस्थाहरूमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यस्तै शुक्लागण्डकी नगरपालिकाले पनि हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाका उपसचिव नवराज चापागाइद्वारा जारी सूचनामा हिन्दु धर्मावलम्बीहरुको पवित्र पर्व हरिबोधनी एकादशी व्रत परेको भन्दै नगरपालिका नगर कार्यपालिका, वडा कार्यालय, सेवा कार्यालय तथा शैक्षिक संस्थामा विदा दिने निर्णय गरिएको जनाइएको छ ।










