पर्यटन, पूर्वाधार र स्थानीय उत्पादन

के.बि. मसाल

नेपालमा आजभोली विकासका कुराकानी चल्दा प्रायः सबैले पर्यटनको विकास गर्नुपर्ने कुरामा आफ्नो तर्क राख्दछन। दलका नेता र स्थानिय समाजसेवीहरुले कुनै मञ्चबाट बोल्ने क्रममा पर्यटनको बिकासका बारेमा बोलेरै थाक्दैनन् । फुर्सदको बेला चिया होटल र ग्रामीण क्षेत्रका चौतारामा पनि कुराकानीमा पर्यटनका कुरा उठने गर्दछन। पर्यटनको कुरा हुँदा विभिन्न व्यक्ति, संस्था र स्थानीय सरकारहरुले आ–आफ्नो ठाउँलाई प्राकृतिक, सांस्कृतिक, धार्मिक आदिले गर्दा पर्यटन विकासका लागि पर्याप्त सम्भावना भएको भनि चर्चा पनि गरिन्छ। पर्यटकको लागि ताल तलैया, खोला खोल्सा, थुम टाकुरा, मठ मन्दिर आफ्नै किसिमको सस्कृति रहन–सहन सबैले आफ्नो ठाउहरुलाई पर्यटन बिकासका लागि महत्व मान्ने गर्दछन ।
तर पर्यटनको बिकासका लागि पहिला के–के हुनु पर्दछ? पर्यटनका लागि कस्तो किसिमको पुर्वाधार आवस्यकता पर्दछ ? र गाउँघरमा पुग्ने पर्यटकहरुलाई पैसा खर्च गर्न के कुराको उत्पादन गर्नु पर्दछ भन्ने कुरामा भने पर्यटन बिकासको बारेमा कुरा गर्ने धेरैले ती बिषयमा जादैनन् । आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र हो । सरकारले कृषिलाई आर्थिक विकासको आधार भनिरहदा पर्यटन क्षेत्र पनि आर्थिक विकासको प्रमुख पक्ष हो । पर्यटन क्षेत्रको विकास रोजगार र आर्थिकसँग जोडिन्छ । गाउँघरमा धेरै मानिसहरु पुग्दैमा ती सबै पर्यटक हुँदैनन। पर्यटक हुनको लागि केही न केहि पैसा खर्च गर्नुपर्दछ । पैसा खर्च नगर्ने मानिसहरु पर्यटक होइन केवल अवलोकनकर्ता मात्र मानिन्छन ।
पर्यटकीयस्थल वरपर पर्यटकहरुले खर्च गर्ने ठाउँ हुनुपर्दछ । अहिलेको पर्यटन क्षेत्रले अर्थतन्त्रमा उल्लेख्य आय आर्जन हुन सकेको छैन । किनकि समग्र पर्यटन उद्योग नै रैथाने अर्थतन्त्रको लयसँग परिचित छैन । ठूला र सुविधासम्पन्न होटल र पर्यटनका संरचनाहरु केन्द्रिकृत र आयातीय वस्तुमै निर्भर छन भने साना व्यवसायहरु प्रत्यक्ष रुपमा बाह्य पर्यटनसँग जोडिन सकेका छैनन। पर्यटनलाई स्थानीय उत्पादन र बजारीकरणसँग नजोडदासम्म पर्यटन क्षेत्र केवल मनोरञ्जनात्मक क्षेत्रकै रुपमा सीमित रहनेछ। पर्यटनलाई तुलनात्मक लाभ लिनको लागि पर्यटन क्षेत्रलाई कृषिजन्य र कलाजन्य रैथाने उत्पादनसँग जोडन पर्दछ। त्यसको लागि गाउँघरमा उत्पादन बढाउनु पर्दछ । उत्पादन भएका वस्तु पर्यटकहरुले खरिद गरेपछि गाउँको उत्पादनले आय आर्जन र रोजगारी बढछ । गाउँको आर्थिक सुधार हुन्छ । विषेशगरी कुनै पनि ठाउमा पर्यटकहरु पुग्दा त्यस ठाउको रैथाने उत्पादन बस्तुहरु खरिद गर्न सकुन । पर्यटकहरुले जुन बस्तु खरिद गर्दा त्यो पैसा गाउँमा रहन्छ र पर्यटन प्रवद्र्धन हुन्छ।
पर्यटकहरु गाउँमा पुग्दैमा पर्यटनको विकास हुने होइन । गाउँमा पर्यटनको विकास गर्न वस्तुको उत्पादन बढाउनुपर्दछ। अहिले पर्यटनबाट केवल गाउँघरको अवलोकन मात्र भएको छ। पर्यटक हुनको लागि उनीहरुमा खर्च गर्ने बानीको विकास हुनुपर्दछ । पर्यटकहरू खर्च गर्न तयार छन तर खर्च गर्ने वस्तु र ठाउँ भेटाएका छैनन । पर्यटकहरु पुग्ने गाउँघर वरपर वस्तुको उत्पादन भएन भने आर्थिक विकास हुँदैन । आर्थिक विकासको लागि उत्पादननै गर्नुपर्दछ । अब पर्यटनको क्षेत्रलाई बिकास गर्न गाउँघरका वरिपरिका बस्तीलाई उत्पादनको केन्द्र बनाउनु पर्दछ। पर्यटकहरुले मौलिक खाना, हस्तकला, मौलिक पेय पदार्थ खाउन भन्ने मात्रै होइन, किनेर पनि लैजाउन र यस्ता स्थलको अवलोकन गरुन भन्ने उद्देश्य लिनु पर्दछ । जसले गर्दा पर्यटकहरुको गाउँमा बसाइ लम्बिन्छ। पर्यटकहरुको बसाइ लम्बिनु भनेको गाउँमा पैसा पुग्नु हो । पर्यटन व्यवसायमा एउटा भनाइ चर्चित छ । दुईवटा कुरा गरे हुन्छ। दुई दिनका लागि गएको पर्यटकलाई चार दिन राख्न सके हुन्छ । मौलिक सामानको उपलब्धताले किनौंकिनौं बनाएर भएको पैसा लिएर फिर्ता नहोस । अहिले हाम्रो पर्यटनमा यो काम गर्न सकेका छैनौ । पर्यटनको क्षेत्रमा स्थानीय उत्पादन बढाइँदैन र त्यसलाई बजारसम्म पु¥याइँदैन भने स्थानीय अर्थतन्त्रको सबलीकरण नै हुँदैन ।
अर्को तर्फ पर्यटन प्रवद्र्धनको लागि पूर्वाधारको विकास भएन भने पर्यटनको विकास, विस्तार र आर्थिक समृद्धि हुँदैन। पर्यटन विकास र विस्तार गरी गाउँलाई पर्यटनको गन्तव्य स्थलको रुपमा विकास गर्न प्राकृतिक साँस्कृतिक, धार्मिक, पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रबद्र्धन गर्नुपर्दछ । गाउँमा भएका पर्यटकीय क्षेत्रको उचित संरक्षण र नयाँं पर्यटकीय गन्तव्यस्थलहरुको पहिचान गर्नु आवश्यक हुन्छ। यसका लागि पर्यटकलाई प्रदान गरिने सेवाको गुणस्तर र संख्यात्मक विकासको लागि निजी क्षेत्रसँग सहकार्य बढाउने विविध कार्यक्रमहरु स्थानीय तहले सञ्चालन गर्नुपर्दछ । पर्यटनको विकास गर्न सडक यातायात, सूचना प्रविधि, आवास, स्वच्छ पिउने पानी, सार्वजनिक शौचालय, विद्युत आपूर्ति, फोहोरमैला व्यवस्थापनजस्ता पूर्वाधार पर्यटकको पहिलो रोजाइमा पर्दछन। यतिखेर गाउँको अवस्था हेर्ने हो भने गाउँमा रहेका प्रकृतिक र ऐतिहासिक सम्पदा, विभिन्न धार्मिक मठ मन्दिर, ताल तलैयाहरुको संरक्षण हुन सकेको छैन भन्दा पनि हुन्छ । धेरै गाउँमा पर्यटकहरु पुग्ने मोटर मार्ग बिग्रिएको छ । त्यसलाई समयमा नै मर्मत संभारका योजना सरकारले ल्याउन सकेका छैन । पुर्खाले खनेका घोरेटा र गोरेटा बाटोको झन के अवस्था होला ? तिनै बाटोको किनारमा रहेका बर र पिपलका बोट थिए र…? भन्ने कथा बनेको होला ।
आजभोलि पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ । पर्यटनको विकास गर्नुपर्दछ भन्ने मान्यता सबैमा रहेको छ । पर्यटनको विकास गर्नुपर्दछ । पर्यटनको विकासले नै आर्थिक विकास हुन्छ । विकासको महत्वपूर्ण आधारनै पर्यटन हो । पर्यटनको बहुआयामिक रुपले विकासमा टेवा पु¥याउँछ। पर्यटनले प्रत्यक्ष आर्थिक आर्जन गराउँछ, रोजगारी सृजना गराउँछ र गाउँघरमा उत्पादन भएको वस्तुहरुको खपत हुन्छ । यस्ता खालका कुरा सबै क्षेत्रमा उठाउने गरिन्छ । तर पनि गाउँघरमा पर्याप्त मात्रामा पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन हुन सकेको छैन । गाउँघरका पर्यटकीयस्थलहरु ओझेलमा परेका छन। पर्यटक पुग्ने सडक पर्यटनमैत्री छैनन । पर्यटकीय सम्पदाको पूर्वाधारको विकास र पर्याप्त प्रचारप्रसार हुन सकेको छैन । धेरै गाउँघरमा भएका पर्यटकीयस्थलमा पर्यटकहरु पुगेपनि खान बस्नको समस्या छ । पर्यटकहरुले गाउँबाट ल्याउने कुरा केही छैन । अनि कसरी हुन्छ पर्यटनको विकास ?
प्राकृतिकरुपमा रहेका पर्यटकीय गन्तब्य निर्माण गर्न मानवीय श्रम र रकम खर्च गर्न परेको छैन । ती क्षेत्रमा पर्यटक पु¥याउन पूर्वाधार निर्माण भए मात्र पुग्छ। तर धेरै ठाउँमा पर्यटकलाई तान्न सक्ने स्थलहरु निर्माण गर्नुपर्दछ । पर्यटनको विकासका लागि स्थानीय सरकार र निजी व्यवसायहरुको सहकार्य आवश्यक छ। निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई स्थानीय सरकारले स्वागत गर्न सक्ने हो भने पनि समग्र पर्यटन विकासमा सुधार आउन सक्छ । पर्यटन विकास र अर्थतन्त्रमा सुधार आउन सक्छ ? यस विषयमा सबै निकाय गम्भीर हुन जरुरी छ। यतिखेर ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्यकता छ । पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन । तीर्थाटन पर्यटन, ग्रामीण पर्यटन, ऐतिहासिक पर्यटन र प्राकृतिक सम्पदाका कैयौँ अवलोकन गर्ने स्थलहरु छन । तर हामी नयाँ–नयाँ प्रविधिमा परिस्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्धन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ ।
पर्यटकलाई आवश्यक पर्ने सेवा, सुविधा र सुरक्षाका लागि राम्रो व्यवस्था हुन नसक्दा गाउँघरमा पुग्ने पर्यटकको संख्यामा कमि देखिएको छ। नेपाल आफैंमा रोचक, अनौठा र चाखलाग्दा रीतिरिवाज चालचलन रहेको देश हो। यहाँका रीतिरिवाज, चालचलन, संस्कृति, परम्परा, भेषभूषा, संस्कार, जैविक र भौगोलिक विविधताले सारा संसारलाई नै चकित तुल्याएको छ । घुमफिर मानिसको जीवनको अपरिहार्य गतिविधि हो । नयाँ ठाउँमा पुग्ने, त्यहाँको जनजीवनबारे बुझने र त्यहाँका परिकार चाख्ने रहर कसलाई हुँदैन र ? यही इच्छाले मानिसलाई घुमाउँछ । नेपाल त यसै पनि रोमाञ्चक पर्यटनका निम्ति कहलिएको छ । पर्यटकको सेवा सुविधामा आवश्यक पर्ने भौतिक संरचनालाई नै पर्यटनको पूर्वाधार मानिन्छ । विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, यातायात, विद्युत खानेपानी र सञ्चार लगायतलाई मान्ने गरिन्छ। तर, नेपालजस्तो विविधताले भरिपूर्ण देशमा पर्यटनको सम्भावना रहेतापनि पर्यटनलाई विकासको पूर्वाधारमा राखिएको छैन । पर्यटनको विकास गर्न होमस्टे, ग्रामीण पर्यटन, स्थानीय प्रविधि र साधनालाई प्राथमिकता दिनुपर्दछ। होमस्टेको अवधारणाले ग्रामीण क्षेत्रमा पुगेका पर्यटकहरुलाई बसोबासलगायत स्थानीय कला संस्कृति, रीतिरिवाज तथा परम्परा र रहनसहनको उत्कृष्ट अनुभव हासिल गर्न समेत सहज हुन्छ । त्यस्तै पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण क्षेत्रमा पु¥याउन, ग्रामीण क्षेत्रका जनतालाई पर्यटन सेवामा सहभागी गराउन, स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्न होमस्टेले धेरै सहयोग पुग्छ ।
नेपालमा चाहेपछि हरेक हिसावले पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ। पक्की सडक, झोलुंगे पुल हेर्नकै लागि मानिसहरुको भिड लाग्ने गरेकोमा अरु पर्यटकीय गन्तव्यको विकास हुन जरुरी छ। हरेक पर्यटकीय गतव्यसम्म पुग्नका लागि पूर्वाधार विकासमा समयमै ध्यान पुग्न आवश्यक छ । पूर्वाधार विकास भएपछि प्रचारप्रसारमा उत्तिकै मात्रामा जोड दिनुपर्छ । पर्यटनसँग सम्बन्धी नयाँ सोच ल्याउने नेतृत्व आवश्यक हुन्छ तर त्यस्तो हुन सकेको छैन । पर्यटनको महिमा गाएर मात्रै यस क्षेत्रको विकास हुने होइन । त्यसका लागि विशेष भिजन र कार्यनीति चाहिन्छ। अब तीनवटै तहका सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना ल्याउनु पर्दछ । सरकारले अन्य क्षेत्रमा लगानी गर्नेलाई जस्तै पर्यटन पूर्वाधारमा लगानी गर्नेलाई पनि विभिन्न छुट दिन आवश्यक छ । सरकारले ल्याउने नीतिहरु पर्यटन पूर्वाधार विस्तारमैत्री हुनु जरुरी भएको छ। सरकारले निर्माण गर्नुपर्ने पूर्वाधारमा निजी क्षेत्रले लगानी गर्न खोजिरहेका छन । निजीक्षेत्रले पनि पर्यटनको क्षेत्रमा लगानी गरी पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता भएको छ । प्राकृतिक सुन्दरता, जैविक विविधता अनि संस्कृतिले मात्र अब पर्यटन व्यवसाय चल्दैन । पर्यटकहरु प्रविधिको विकास गरी बनाएका सुरक्षित र रमाइला मनोरञ्जनात्मक गतिविधि गर्न खोज्दछन ।
पर्यटनका लागि नेपालमा आफ्नै प्रकारका रितिरिवाज छन । विभिन्न जातजातीहरु आफ्नै धर्म, संस्कृतिसँग जोडिएका छन । ति संस्कार र संस्कृतिलाई पनि पर्यटनसँग जोडन सकिन्छ । अर्को तर्फ स्थानीयस्तरमा हुने उत्पादनलाई ब्राण्डको रुपमा विकास गर्न सक्यौँ भने किसानको आयस्तर पनि बढन सक्छ भने पर्यटन क्षेत्रको विकास हुनसक्छ। अब पर्यटनको बिकासका लागि स्थानीय नागरिकले गरेका काम र उत्पादनलाई कहीँ न कहीँ पर्यटनसँग जोडनुपर्दछ । यसरी परम्परागत रुपमा पेशा व्यवसाय गरिरहेका नागरिकलाई पनि जोडन सकिन्छ । पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न पहुँच, आकर्षण, सुविधाका लागि सरकार र नीजि क्षेत्रको दुबैको भूमिका महत्वपूर्ण छ । पहुँचका लागि सरकारले लगानी गर्नुपर्दछ । प्राकृतिक सौन्दर्यमा रमाउन विदेशी भूमिमा पुग्ने बानी धेरै नेपालीहरुको छ। आफ्नै देशभित्र रहेका तालतलैया र प्राकृतिक, साँस्कृतिक र साहसिक पर्यटनमा रमाउने बानी धेरैको छैन भन्दा पनि हुन्छ । आफ्नै देशभित्रको सुन्दरतासँग आन्तरिक पर्यटकको रुपमा रमाउने धेरैको बानी छैन । यसभित्र धेरै कारण छन । पर्यटनको विकास गर्न मूख्य पूर्वाधार आवश्यकता पर्दछ। पर्यटनको क्षेत्रमा पहिलो पूर्वाधार भनेको यातायात हो । यातायातबिना पर्यटनको विकास हँुदैन । यातायातको असुविधाकै कारण दुरदराजसम्म पर्यटकहरु घुमफिर गर्न जान रुचाउँदैनन् ।
विकासका लागि नभई नहुने एउटा माध्यम पर्यटन हो । पर्यटनको विकास भयो भने मात्र गाउँदेखि शहरको विकास हुन्छ । आन्तरिक पर्यटनको लागि देशमा अनगिन्ती पर्यटकीय सम्भावना बोकेका भर्जिन गन्तव्यहरु छन । ती गन्तब्यहरुको उचित प्रचारप्रसार भएको छैन । अनेकौ साँस्कृतिक तथा धार्मिक सम्पदा र तीर्थस्थलहरु संरक्षणको अभावमा लोपोन्मुख हुन लागेका छन । त्यस्ता सबै धरोहरहरुको खोज र प्रचारप्रसार गर्नुपर्दछ । अर्कोतर्फ त्यस्ता भर्जिन गन्तव्यहरुमा आवश्यक पूर्वाधार र सूचना प्रविधिको विकास हुनुपर्दछ । अहिलेसम्म पर्यटकहरुलाई आकर्षण गर्ने प्राकृतिक सम्पदामा राज्यले खर्च गर्न परेको छैन । तर अब पर्यटनको विकास गर्न ती सम्पदाहरुलाई संरक्षण गर्दै जानुपर्दछ । यो बाहेक पर्यटकहरुलाई आकर्षण गर्न पार्क, फनपार्कजस्ता स्थलहरुको पनि विकास गर्दै जानुपर्दछ । तर हामीकहाँ पर्यटन विकासको लागि पूर्वाधार निर्माण गर्ने काममा कुनै गुरुयोजना छैन । आवश्यकता हो या हैन ? आफूखुसी पर्यटनको पूर्वाधार बन्न थालेका छन । प्राकृतिक भ्यूटावर बनेका पहाडको टुप्पोमा भ्यूटावर निर्माण भएका छन । मोटरमार्ग पुगेको ठाउँमा केबुलकार सन्चालनमा छन । यस्ता धेरै उदाहरण भेटिन्छन ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker