कांग्रेस तनहुँ अधिवेशन : सदस्यमा पनि आलेको प्यानल हाबी

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत तनहुँको वडा, पालिका, प्रदेश, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संस्थापन र संस्थापनइतर गरी दुइ समुहबीच वडादेखि जिल्लासम्मकै नेतृत्व चयनमा निकै रस्साकस्सी भएको थियो । पार्टी सभापति शेरबहादुर देउवा अर्थात संस्थापन निकट मानिएका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराइ, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला कार्यवाहक सभापति जितप्रकाश आले समुहको एउटा प्यानल तयार भएको थियो ।

यता संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला निकट मानिएका केन्द्रीय सदस्य प्रदीप पौडेर र जिल्ला सभापति एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने समुहको एउटा प्यानल तयार गरी चुनावी प्रतिस्पर्धामा उत्रिइएको थियो ।

जिल्लाको नेतृत्व चयनका लागि भएको चुनावी प्रतिस्पर्धामा न्यौपाने प्यानलका एक जना सहचिव बाहेक सबै पदाधिकारीमा आले समुहको प्यानलै निर्वाचित भएको छ । यता सदस्य एवं पालिका सदस्यहरुमा पनि आले प्यानल हाबी भएको छ । सोमबार साँझ र्सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सदस्यहरुमा तीन जना न्यौपाने प्यानलका निर्वाचित भएका छन् भने अन्य सबै सदस्य आले प्यानलबाट विजयी भएका छन् ।

जिल्ला सदस्य महिला खसआर्यमा पवित्र घिमिरे ९०३ र सिर्जना तिवारी ८२३, अल्पसंख्यक मुस्लिम अपाङ्गतातर्फदलबहादुर दुरा ८८२ मत प्राप्त गरी विजयी भएका छन् । सदस्य खुल्ला खसआर्य तर्फटिकाराम हड्खले ८५०, रामबहादुर अधिकारी ८७०, महिला आदिवासी जनजातितर्फकेशरी थापा मगर ८८४, केशरी दुरा ८४६, भिमकुमारी आले ८३४, रिया गुरुङ ८५८ विजयी भएका छन् । रिया सभापतिका उम्मेदवार न्यौपाने प्यानलकी हुन् ।

यस्तै, अन्य आदिवासीतर्फ इन्द्रबहादुर थापा ७५८, गलबहादुर गुरुङ ८३२, तिलबहादुर थापा ८२४, नविन थापा मगर ८४४ र भरतकुमार श्रेष्ठ ७७२ मत प्राप्त गरी निर्वाचित भएका छन् । भरतकुमार श्रेष्ठ र इन्द्रबहादुर थापा न्यौपाने प्यानलका हुन् । महिला दलिततर्फचन्रिता सेन्चुरी ८३४, दलिततर्फ नोकबहादुर विक १४१९ र मिनबहादुर चदारो ८७९ मत प्राप्त गरी विजयी भएका छन्।

यता पालिकातर्फ व्यास नगरपालिका महिलाबाट कल्पना पोखरेल ८५९, व्यास नगरपालिका अन्यबाट रामशरण अधिकारी ८११, सूर्यभक्त भण्डारी ८३८ मत प्राप्त गरी निर्वाचित भएका छन् । भानु नगरपालिका अन्यतर्फ राजकुमार श्रेष्ठ ९२४, राम रेग्मी ७९३, महिलातर्फसिर्जना श्रेष्ठ ८८४ मत प्राप्त निर्वाचित भएका छन् ।

शुक्लागण्डकी नगरपालिका अन्यबाट अम्बिका घिमिरे ८४०, श्रीराम सुवेदी ८२९, महिलातर्फमधुमाया पन्थी ७९९ मत प्राप्त गरी निर्वाचित भएका छन् । भिमाद नगरपालिका अन्यबाट प्रेमकुमार श्रेष्ठ ८८९, रामनाथ सुवेदी ८१६, म्याग्दे गाउँपालिका अन्यबाट सूर्यमोहन काफ्ले ८३३ मत प्राप्त गरी विजयी भएका छन् ।

ऋषिङ गाउँपालिका अन्यतर्फ दुर्गाबहादुर राना ९१२, घिरिङ गाउँपालिका महिलातर्फ बोमाया राना ८२३, देवघाट गाउँपालिका अन्यतर्फ खम्बरसिं राना ९३४, आँवुखैरेनी गाउँपालिका अन्यतर्फकेशवनाथ खनाल ८९३ मत प्राप्त गरी निर्वाचित भएका छन् । बन्दिपुर गाउँपालिका महिला सदस्यतर्फइनकन खनाल ८२७ र अन्य तर्फशिव खत्री ८५० मत प्राप्त गरी विजयी भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि अपाङ्गतर्फ प्रकाश पन्थ ७८९ मत प्राप्त गरी विजयी भएका छन् । पन्थ न्यौपाने प्यानलका हुन भने प्रदेश सभा क्षेत्री अधिवेशन प्रतिनिधि अपाङ्गमा कृष्णबहादुर थापा विजयी भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker