पुस्तक व्यवसायीको केन्द्रीय सदस्य श्रेष्ठ निर्वाचित
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ दमौलीका ताराराम श्रेष्ठ पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महासंघको बिहीबार सम्पन्न छैटौ महाधिवेशनबाट श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
देशभरका केन्द्रीय सदस्यका सात निर्वाचितमध्ये दोश्रो अधिक मत ल्याएर उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले ३६८ मत ल्याएका छन् । उनीसँगै सात जना खुलाबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् । दमौलीस्थित विद्यार्थी पुस्तकका सञ्चालक श्रेष्ठले निर्वाचित भएलगत्तै पुस्तक व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।










