गर्भवती महिलाको उद्धार

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकाले गर्भवती महिलाको उद्धार गरेर अस्पताल पुर्‍याएको छ । दुलेगौँडास्थित खैरेनीटार स्वास्थ्य चौकीमा सुत्केरी व्यथा लागेर आएकी कास्कीको मादी गाउँपालिका स्थायी घर भई हाल शुक्लागण्डकी-२, गाछेपानी बस्दै आएकी मिनकुमारी श्रेष्ठ उद्धार गरी पोखरा पठाइएको हो ।
स्वास्थ्य चौकीले पोखरा रिफर गरेपछि पोखरा जाने भाडा नभएकाले उनी अलपत्र परेकी थिइन् । उनका श्रीमान सुरेश सुदारले पोखरा जान पैसा नभएकाले पैसा सापटी माग्न गएको बताएका थिए । उनीहरु घरनिर्माण सम्बन्धी काम गर्दै आएका छन् ।
पत्रकार राजन उपाध्यायले गर्भवती महिला अलपत्र परेको अवस्थाबारे नगर उपप्रमुख खुमबहादुर वि.कलाई जानकारी गराएका थिए । लगत्तै नगरपालिकाले निःशुल्क रुपमा नगरको एम्बुलेन्स व्यवस्था गरेर पठाएको उपप्रमुख वि.क.ले जानकारी गराए ।
उनले भने ‘घट्नाबारे हामी कसैलाई थाहा भएन । राजन जी त्यहाँ पुग्नु भएको रहेछ । उहाँले जानकारी गराउनु भएलगत्तै एम्बुलेन्स पठाएका हौ’, उनले भने, ‘सुत्केरी पोषणभत्ता दिदै आएको बताउँदै वडाको सिफारिसको आधारमा गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गराउँदै आएको छ ।’
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker