सडक विस्तारका बधक घर र विद्युत प्रशारण लाइन

तनहुँको सदुरमुकाम दमौली स्थित भोर्लेटारचोक । मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत आँवुखैरेनी–जामुने (पूर्वी) खण्डले सडक विस्तार कार्यलाई तीब्र दिएपनि सदरमुकामको दमौली बजारकै केही व्यक्तिले मुआब्जा लिएर पनि सडक सीमा भित्रका घर टहरा नहटाउँदा विद्युत प्रशारण लाइन स्थान्तरण र सडक विस्तारमा अवरोध आएको छ ।

राजमार्गको दमौली बजार क्षेत्रका केही घरधनीहरुले मुआब्जा लिएरपनि घर टहरा हटाएका छैनन् भने केहीले २५ मिटर भित्रको मुआब्जा लिएर २३ मिटरसम्मको मात्र संरचना हटाएर सडक विस्तारमा अवरोध सृजना गर्दै आएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










