डुम्रे बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे स्थित डुम्रे बचत तथा ऋण सहकारीले १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राम कुमार पियाको सभापतित्वमा साधारण सभा गरिएको हो ।
उक्त साधारणसभालाई सम्बोधन गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सहकारीको मर्म र उद्देश्य अनुसार काम गर्न सुझाउँदै सर्वसाधारणलाई सहज रुपमा वित्तिय पहुँच पुर्‍याउन सहकारीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
साधारणसभामा संस्थाले आर्थिक वर्ष २०७९/०८० मा १६ करोड १ लाख ४४ हजार २८४ रुपैयाँ बराबरको आर्थिक कारोवार गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । यो रकम कारोवार गर्दा संस्थाले १३.६४ प्रतिशत मुनाफा आर्जन गरेको बताइएको छ । यस्तै, सो अवसरमा उत्कृष्ट र नियमित विधामा बचत तथा ऋण कारोवार गर्ने सदस्य, ज्येष्ठ नागरिक सदस्यलाई सम्मान गरिएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker