एक घन्टा ४० मिनेटमा सकियो ओली-विद्याको वान टु वान, दुवैको चेहरामा गम्भीर मुस्कान

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुने भनिएसँगै आज च्यासलस्थित पार्टी कार्यालयको रौनक ह्वात्तै बढेको थियो ।

दुवै पक्षका नेता कार्यकर्ताहरु चासो र चिन्तासहित कार्यालयमा बाक्लो संख्यामा भेला भएका थिए । कार्यलय प्रांगणदेखि वार्दलीसम्म भरिभराउ थियो ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल पार्टी कार्यालयमै थिए । निर्धारित समयमै पूर्वराष्ट्रपति भण्डारी पार्टी कार्यालय आइन् । उनलाई नेताहरुले गेटमा आएर स्वागत गरे । त्यसपछि उनलाई सोझै दोस्रो तल्लामा रहेको अध्यक्षको चेम्बरमा लगियो ।

अध्यक्ष ओली कार्यालय आइसकेका थिएनन् । पूर्वराष्ट्रपति आएको थाहा पाएपछि महासचिव शंकर पोखरेल पनि उक्लिए । ओलीको चेम्बरमा वरिष्ठ उपाध्यक्ष पोखरेल र महासचिव पोखरेल करिब आधा घन्टा भण्डारीसँग गफिए ।

त्यसपछि ओलीको इन्ट्री भयो । ओली आएपछि उनको चेम्बरबाहिर नेताहरुले संयुक्त फोटोसेसन गरे । अनि, ओली र विद्या चेम्बरभित्र पसे भने अन्य नेताहरु आआफ्नो स्थानमा फर्किए ।

ओली–विद्याको वान टु वान संवाद एक घन्टा ४० मिनेटजति चलेको थियो । वार्ता सकेर ओली र विद्या सँगसँग झरे । ओली सरासर कार्यालयबाट गाडी चढेर बाहिरिए । उनी गम्भीर मुद्रामा देखिन्थे । पत्रकारसँग कुरा गर्ने रुची देखाएनन् ।

भण्डारी भने पत्रकारलाई प्रतिक्रिया दिन तयार भइन् । तर, उनले बोल्ने क्रममा निकै होहल्ला र हुलमुल भयो । पत्रकार सम्मेलन अत्यन्तै अव्यवस्थित भएपछि भण्डारी राम्ररी बोल्न पाइनन् । उनलाई सुरक्षाकर्मीहरुले त्यहाँबाट निस्किन सुझाए । भण्डारी पनि गाडी चढेर बाहिरिइन् ।

भण्डारीले संक्षिप्त प्रतिक्रिया दिने क्रममा अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिको समसामयिक विषयमा मात्रै कुरा भएको दाबी गरिन् । वान टु वान भेट सकेर बाहिरिने क्रममा दुवैको अनुहारमा मुस्कान त थियो, तर गम्भीर प्रकृतिको । नेपाल प्रेस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker