स्थानीय तहले पूर्वतयारी गरेर मात्र योजना कार्यान्वयन लैजान माग

भञ्ज्याङ समाचारदाता/दमौली

स्थानीय तहले पूर्वतयारी गरेर मात्र योजना कार्यान्वयनमा लैजान माग गरिएको छ । तारापति भट्टराइ स्मृति प्रतिष्ठान तनहुँले बुधबार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो । प्रतिष्ठानका अध्यक्ष महेश्वर भट्टराइले प्रजिअ छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै कम लागत र समयमा गुणस्तरीय निर्माण, प्रकृति, पर्यावरणीय सन्तुलन र जैविक विविधता र दीगो विकास निर्माण कार्यमा प्राथामिकता दिन माग गरिएको छ ।

शुक्लागण्डकी नगरपालिका-८ स्थित उक्त प्रतिष्ठानले पूर्व तयारीका साथ योजना कार्यान्वयनमा लैजान जिल्लाका दशवटै पालिका र जिल्ला समन्वय समितिलाई बोधार्थसहित प्रजिअ समक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय तहको राजश्वको मुल आधारको रूपमा रहेको ढुङ्गा, गिट्टी, वालुवा जस्ता नदीजन्य सामग्रीको उपयोग गर्दा अव्यवस्थित उत्खननलाई निरुत्साहन गर्न र वातावरणीय पक्षको संवेदनाशिलतामा ध्यान दिन अनुरोध गरिएको छ ।

ज्ञापनपत्रमा अबैधानिक रुपमा संचालित क्रसर उद्योगसँगकों मिलेमतोमा नदीजन्य पदार्थको हिनामिना नगर्ने, अपारदर्शी रूपमा मिलोमतोमा ठेक्का पार्ने तथा आफू अनुकुल पक्षलाई ठेक्का दिने र राजश्व हिनामिना गर्ने जस्ता विषयमा ध्यान दिन माग गरिएको छ ।

कतिपय स्थानीय सार्वजनिक जग्गा व्यक्तिगत लाभका लागि प्रयोग भएको देखिएको र सरकारी/सार्वजनिक जग्गा व्यक्ति वा संस्थाको नाममा गएको ज्ञापनपत्रमा उल्लेख गर्दै सार्वजनिक र सरकारी जग्गाको संरक्षण गर्नका लागि स्थानीय तहले आफ्नो पालिका भित्रका सबै र्सार्वजानिक जगाको अभिलेख राखि उचित संरक्षण र संवर्द्धनमा विशेष व्यवस्था मिलाउन माग गरिएको अध्यक्ष भट्टराइले बताए ।

प्राविधिक ज्ञान र विशेष प्रविधि अपनाउनुपर्ने जटिल किसिमका योजनाहरूको कार्यान्वयन प्रचलित कानूनविपरीत उपभोक्ता समितिमार्फत् हुने गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । उपभोक्ता समितिबाट कार्य गराउँदा कतिपय ठाउँमा जनसहभागिता/ जनश्रमदान समेत नखुलाइएको देखिदा आयोजनाको गुणस्तर लागत र वित्तीय सुशासनमा समेत प्रभाव परेको भनिएको छ ।

यस्तै, स्थानीय तहको सवारी संचालन गर्दा विदाका दिन र घरायसी प्रयोजनका लागि प्रयोग नगर्न, अतिथि सत्कारका साथै अन्य अनावश्यक खर्च कटौती गर्ने लगायतका माग राखि प्रजिअ समक्ष ज्ञापनपत्र बुझाइएको प्रतिष्ठानका सचिव परशुराम भण्डारीले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker