एक्युरियम भित्रको जिन्दगी !
प्रशान्त ध्वज अधिकारी

धनीराम अहिले परदेशमा छन । धनीराम प्रदेशी जिन्दगीलाई कहिलेकाँही एक्युरियम भित्रको जिन्दगीसँग पनि दाँज्ने गर्छन । यो जिन्दगीको यात्रा कतिलाई सहज होला, कतिलाई नहोला । तर, स्वदेशमा रहदा धनीरामले न भने जस्तो काम पाए, न आफ्नो परिश्रमबाट परिवारको गर्जो टार्न सके । जहिले पनि परिवारमा अभाव ।
जे-भएपनी समयले नेटो काटेको पत्तो पाएनन् धनीरामले परदेशमा । उनी प्रदेश छिरेको पनि बर्षौ भैसकेछ । उनी आज आफैले आफुलाई नै नियाल्दै छन । उनी सानो छंदा ज्योतिषीले नाम धनीराम राखिदियको रे ! किनकी ठुलो भएपछि उनी धनबीर हुन्छन भनेर । उनले पढ्न पनि पढे राम्रोसंग, तर उनले सोचे जस्तो केहीपनी भए जस्तो लागेन उनलाई यहाँ, अहिले उनी परदेशमा छन, मान्छेहरुको भिड्मा ! तर ति मान्छेको आवाज उनले बुझन सक्दैनन । उनी ठुलो सहरमा छन, तर एक ठाउँबाट अर्को ठाउँमा जान उनलाई मुस्किल छ भाषाले गर्दा ।
कहिले काही गाउँले साथीहरुसँग फोन बार्ता हुँदा जिस्काउछन उनलाई ‘हरियो कलर अनी डलर भन्दै’, तर टाढाबाट हेर्दा कस्तो सुखमय अनी लोभलाग्दो देखिन्छ परदेशी जीवन । वास्तवमा एकचोटि भोगेपछि थाहा हुन्छ, उनी यसो भन्दै भुतभुत्यउछन ।
धनीराम, प्रायजसो परदेशमा पनि त्यहि एउटा बिशाल घरको वारिपरि नै हुन्छन । त्यहिनै उनको काम गर्ने अफिस वा बस्ने ठाउँ होला । महिना भरि काम गर्यो, अनी त्यो एकमहिनाको तपस्याबाट घर-परिवारको गर्जो टार्नलाई केही सहज भएको छ उनलाई आजकाल । यस्तैगरी, महिना, बर्षा हुँदै एउटा लामो समय बित्छ उनको जीवन प्रदेशमा । आज उनी अली बढी नै टोलाएका छन । शायद, आज आईतवार, अनी घरको यादले पनि होला ।
अक्सर यो बार उनलाई अली फुर्सत नै हुन्छ । तर यो चोटी उनले धेरै नै एक्लोपनको अनुभूती गरेका छन । हुन पनि हो, परीवार छन, तर संगसंगै छैनन । उनी मान्छेसँग बस्छन, तर मान्छेसँग बसेको अनुभव गर्न पाएका छैनन । काम गर्नुपर्छ, सब इशाराको भरमा, रिमोट कन्ट्रोलले मेसिन चलाए जस्तै, दिक्क लाग्नु स्वभाबिक पनि हो ।
उनी आँफै बोल्छन, अनी त्यो सुन्ने पनि आफुनै हुन्छन, कस्तो अचम्मको जिन्दगी छ उनको, आज आफ्नो नाम राख्ने ज्योतिषीलाई सम्झन्छन । उनलाई रिस पनि उठ्छ, ति ज्योतिषीदेखि, यस्तो पनि नाम राख्ने, नाम अनुसार केही पनि नमिल्ने? कस्तो जिन्दगी, हातमा कौडी नभएर विदेश आउनु परेको छ ! यहाँ साधुले जस्तो जिन्दगी बिताउनु परेको छ, नाम चाँही धनीराम, आजबाट मेरो नाम धनीरामको सट्टा साधुराम भन्दै धनीराम मनाकामनामाईलाई सम्झदै अघि हिड्छन।
यसो एक पाइला अघि के सारेका थिए, उनको नजर एउटा सानो नानी हाँसिरहेको ठाउँमा पुग्छ । जहाँ माछाका भूराहरु कांचका पर्दा भित्र रहेको कञ्चन पानीमा खेलिरहेका हुन्छन । त्यो सफा पानी अनि पारदर्शी काँचका पर्दा भित्र खेलिरहेका रंगिचङ्गी माछाहरुको दृश्य अतिनै लोभ लाग्दो छ । त्यसैले सानो नानी कति खुशी छ, भनौ भने सिमा नै छैन ।
त्यो सानो मानस्पटलमा बच्चालाई के थाहा ? ती माछाहरुको बास्तबिक जिन्दगी! धनीराम बच्चालाई हेर्छन र ति माछाहरुलाई पनि! अनी तुलाना गर्छन, हेर बच्चा कति स्वतत्न्त्र छे एता-उता गर्नलाई, तर यी माछाहरु खुला आकाश मुनी रहेको पानीको मुहानमा डुल्नेहरु आज अप्राकृतिक रुपले घर-घरमा सजिएका छन, बस यिनिहरुका सबै कुरा उही घरमुलीमा भर पर्नुपर्ने, सानो आयतनमा खुम्चेर बस्नु पर्ने, न उनिहरुलाई रात, न दिन कतिखेर खान हाल्दियो उतीबेला खायो, अनी घरमुलीको मन टहलाउन तयार भएर बस्नुपर्ने! होला नि पीडा त किन न होला र! यस्तै भन्दै भुतभुत्यउछन, जुन लगातर गैरहेको छ ।
अझ अघि सोच्छन, खोलामै भएको भए पनि संघर्ष त गनै पथ्र्यो यिनिहरुलाई ! त्यही माथि अचेल खोलाको मुहानमा पनि कहाँ प्रसस्त आरबिहार छ र ? या हुन दिएका छन त, आफ्नो अतित सम्झदै आफुले देखेको आफ्नो ठाउँको ठूला-ठूला परिबर्तन, तर त्यसले आपनो जीवनलाई सहज पार्न नसकेको पल सम्भिmन्छन ।
म कतै मुहानमा अभ्यस्त हुन् सकिनकी वा त्यसमा अभ्यस्त हुने बानी जे-जस्तो परिणाम आएपनि मुहानमै संघर्ष गर्नु पथ्र्यो कि ? के मुहानको बातबरण असहज लागेर यी माछाहरु एता उफ्रेका त हैनन ? उनी आफैलाई प्रश्न गर्छन, अनि कल्पना गर्छन सङ्लो आरबिहार सहित मुहानको पानीको, तर कहिले हो उनलाई आफैलाई थाहा छैन ?
अचानक कांच भएको ठाँऊ नजिक त्यो सानो नानीको पिता आउछन । बाबु छोरी माछा पौडीरहेको हेर्छन । यसो माछा अडीएको देखे भने च्य च्य गरेको जस्तो आवाज सुन्छन धनीरामले, अनि अनुमान गर्छन, गाउँमा बाख्रा धपाएको हो कि जस्तो गरी ! लाग्छ उनलाई न रोकी भनेका त होलान नि तिनिहरुले !
केही समय पश्चात बच्चाको पिताले यसो केही परिवर्तन गर्न खोजे जस्ता गर्छन् । तर अचानक कांचको भाँडो भुइमा बजारिन्छ । त्यो सानो बच्चा रुन्छे, पिताले सम्छाउछन् पिर नलिउ, म तिमीलाई यो भन्दा राम्रो लेराइदिन्छु, यही भनेको हुनुपर्छ, उनले तिनिहरुको इशाराबाट यस्तै बुज्छन । हुन पनि नानीको पितालाई त्यो परिबर्तन गर्न के ठुलो थियो र ! काला गए गोरा, अनी गोरा गए काला भँनेजस्तै । बाबुको आश्वनपछी बच्चा फेरी खुशी हुन्छे । धनीराम यो सब हेरिरेहको हुन्छन, एकातिर बाबुछोरी, अनी अर्कोतिर छट्पटाइरहेका माछाहरु !
पृष्ठभूमी एकाएक फरक भयो, एक भुइमा प्राणको लागि अन्तिम संघर्ष गरेका ति लेराइएका माछाहरु अनी अर्कोतिर त्यो हँसीलो मुहारका बाबु छोरी । धनीराम सोच्छन, हेर यि माछाहरु सफा-सुग्घर अनी कञ्चन पानीमा छन भनेर के गर्ने ? त्यो चिल्लो भुइमा पानी पनि के अडिन्थ्यो र !
माछाहरु बुर्लक्क बुर्लुक्क गरदै मर्न थाले, कुनैलाई त्यही कांचका टुक्राले काटेर मरे । त्यहाँ कस्ले कसलाई सहयोग गर्न सक्थ्यो र ! बस पछि मर्ने माछाहरु अघि मर्ने माछाका साछी त भए, तर उनिहरु पनि घुटुघुटु गर्दै प्राण त्याग गरे । धनीराम सोच्छन हेर यि माछाहरु आफ्नै मुहानमा भयको भए त बाच्थे होलान, नि हैन ? तर गाह्रो छ ठ्याक्कै भन्न ।
उनी आफैलाई प्रश्न गर्छन, अनी लामो सुस्केर तान्छन खै के भन्ने कुरो आउछ, आफ्नै मुहानको । यस्तै ! यस्तै !! हेर यि माछाहरु हेर्दा कस्तो पोक्थ देखिन्थे पौडीन, तर त्यो लामो अनुभव तेसै खेर गयो । आफ्नो थलोमा जाने अबसर फेरी पाएको भय केही न केही सुधार त गर्थे होलान, हैन ?
ति माछाहरुको पीडादायी मृत्युले उनलाई झन पोल्छ । खै के भन्ने यो नियती देख्दा त, त्यो मिहेनत गरेर आफ्नै मुहानमा बस्ने समुह नै उत्तम हो कि जस्तो लाग्छ उनलाई । हुन पनी हो, आफ्नै मुहानमा भएको भय बातावरण छैन भनेर भएर के हुन्थ्यो र !
त्यो नभए ओसिलो मुहानको माटो मै बस्थे होलान, अनी एकआपसमा अन्तिम कुराकानी गरदै जान्थे । तर यहा जस्तो बुर्लुक्क बुर्लुक्क गर्दै उफ्रनु पथ्र्यो र प्राण त्याग्न ? हैन, हैन, विवस्तामा जिउनु पर्नेको जहाँ भएपनी हालत उस्तै हो । उनी एकछिन आँखा चिम्लिछन ।
यो कस्तो संयोग, कहाबाट यहाँ आइपुगेका हुन, पत्तो छैन । तर यिनिहरुको जीवनको इहालीला समाप्त भयो एक अपरिचित ठाउँमा । उनी यसो भन्दै यिनिहरुको पारिवारिक पृष्ठभूमितिर जान्छन । अनी झन लामो सुस्केरा तान्छन । खै यिनिहरुको पनि त परिवार थियो होलान नि, भएर के गर्ने ? टाढा अनी छुट्टै परीबेशमा भएपछि यस्तै हो ।
अहिले उनको मुहार एकदम मलिन हुँदै गएको देखिन्छ। धनीराम आफुले आफुलाई नै सम्भिmन्छन । आखिरीमा म पनि एउटा कुनाको कांच भित्रको पात्र त हो नी । उनी भर्खर घटेको घट्नासँग तुलाना गर्छन । भोली मेरो पनि त यो दिन नआउला भन्न सकिन्न ।
मलिन अनि थकित जस्तो अनुहारमा उनी फेरी लामो सुस्केरा हाल्छन । अनि भन्छन, सायद जिन्दगी यस्तै हो। जे-जस्तो भयपनि आफ्नो मुहान भनेको आफ्नै हो । त्यसलाई हराभरा बनाउने दायित्व धेरथोर भएपनि मेरो पनि हो ।
फेरी उनले आफ्नो गाउँको दौतरी रामे र यो घरमुली सम्झन्छन । रामेको घामले डढेको अनुहार, तर कुरा गर्दै गर्दा बेला-बेलामा झल्कने उसको चम्किलो मुस्कानको यादले गर्दा, यो घरमुली उनलाई फिका जस्तो लाग्छ । किनकी, उनलाई यस घरमुली देख्दा हाँस्न बिर्सेको मान्छे जस्तो लाग्छ ।
अग्लो घरमा बस्ने र चिल्ला सडकमा महंगा गाडी कुदाउने यो घरमुली भन्दा त, त्यही दौतरी रामे नै खुसी र सुखी हो कि जस्तो लाग्छ धनीरामलाई । अचानक धनीरामले एउटा नौलो बसको आवाज सुन्छन, जस्ले उनको ध्यान तान्छ, अनी उतैतीर फर्कन्छन । सायद उनलाई कसैले बोलाएको हुनुपर्छ । लाग्छ कि, उनी यो पृष्ठभूमीको दुनियाँबाट केही समयको लागि टाढा गए जस्तो !
लेखक हाल साउपाउलो, ब्राजिलमा छन् ।