विश्व आदिवासी दिवस के ? कहिले ? किन ?
हरिसिङ्ग गुरुङ

अन्तर्राष्ट्रिय दिवसहरू विश्वव्यापी चासोका विषयवस्तुहरुको बारे आम जनतालाई शिक्षित गर्न, समसामयिक मुद्दाहरूको सम्बोधन गर्न, राजनीतिक इच्छाशक्ति र स्रोतहरू परिचालन गर्न, र मानवताका उपलब्धिहरूलाई हर्षोल्लासका साथ मनाउन र सुदृढ पार्ने अवसरहरू हुन् । अन्तर्राष्ट्रिय दिवसहरूको अस्तित्व संयुक्त राष्ट्र संघको स्थापना हुनु अघि नै हो, तर संयुक्त राष्ट्र संघले तिनीहरूलाई एक शक्तिशाली पैरवी गर्ने उपकरणको रूपमा अँगालेको छ ।
आदिवासी जनजाति र उनीहरूको ज्ञान, सीप र सोंचलाई सम्मानका साथ मनाउनका साथै उनीहरुको आवश्यकता बारे सचेतना जगाउनको लागि, हरेक वर्ष अगस्ट ९ तारिखका दिन विश्व आदिवासी दिवस मनाईन्छ, जुन सन् १९८२ जेनेभामा भएको आदिवासी जनजाति सम्वन्धी संयुक्त राष्ट्र संघीय कार्य दलको पहिलो बैठक प्रारम्भ भएको दिनलाई सम्मान गरिएको छ । हरेक वर्ष विश्वभरका आदिवासीहरुको वर्तमान अवस्थालाई मध्यनजरगरी फरक फरक नारामा केन्द्रितरही दिवस मनाउने क्रममा यस वर्ष सन् २०२३ को मूल नारा “इण्डिजेनिस यूथ एज एजेण्ट्स अफ चेन्ज फर सेल्फ डिटर्मिनेसन” (आत्म–निर्णय परिवर्तनका संवाहकका रुपमा आदिवासी युवा) रहेको छ ।
विश्वभर फैलिएका आदिवासी जनजातिहरुको वर्तमान यथार्थताः
१. विश्वभर ९० भन्दा वढि मुलुकमा करिव ४७ करोड ६० लाख आदिवासी जनजाति छन् (सम्वन्धित पक्षको दावा यो भन्दा वढि छ) ।
२.विश्वको ६ प्रतिशत जनसंख्या मात्र ओगटेता पनि यिनीहरू मध्ये १९ प्रतिशत चरम गरिबीबाट गुज्रिरहेकाछन् ।
३.आदिवासी जनजातिहरुको औसत आयू गैर–आदिवासीहरूको भन्दा २० वर्षसम्म कम रहेको छ ।
४. आदिवासी जनजातिहरू अद्वितीय संस्कृतिका उत्तराधिकारी र अभ्यासकर्ताहरु हुन् ।
५. यिनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक एवं राजनीतिक विशेषताहरू पृथक भएकै कारण आफु बसोबास गर्ने प्रभावशाली समाजहरू भन्दा फरक छन् ।
६. यिनीहरूको सांस्कृतिक भिन्नताका बावजुद, विश्वभरका आदिवासीहरूले आफ्नो अधिकारको संरक्षणसँग सम्बन्धित साझा मुद्दाहरूलाई एकै श्वरमा उठाउने गर्दछ ।
७. धेरै आदिवासी जनजातिहरूले अझै पनि उनीहरू बसोबास गर्ने देश वा क्षेत्रको आधिकारिक भाषा भन्दा भिन्न भाषा कायम राख्दछन् । यद्यपि, धेरैजसोको आफ्नो भूमिबाट विस्थापित वा अन्य क्षेत्रहरूमा स्थानान्तरणको कारण आफ्नो भाषाहरू गुमाउने वा लोप हुने चरणमा पुगेका छन् ।
८. विश्वको ७००० भाषाहरू मध्ये ४००० भन्दा बढी भाषाहरू आदिवासी जनजातिहरुले बोल्दछन्, यिनीहरु ५००० भन्दा वढि सांस्कृतिक समुदायमा विभाजित छन् । सोचनीय कुरा विश्वभर वोलिने भाषाहरुको पछिल्लो खोज तथा अध्ययन अनुसन्धानको प्रतिवेदनले के संकेत गर्दछ भने विश्वका आधा भन्दा बढी भाषाहरू निकट भविष्यमा नै लोप हुने जोखिममा रहेकाछन् ।
९. विश्वभर नै आदिवासी जनजातिहरू प्रायः आफ्नो भूमि, क्षेत्र र प्राकृतिक स्रोतहरूमा औपचारिक मान्यताको अभाव्, आधारभूत सेवा र पूर्वाधार विकास जस्ता सार्वजनिक लगानीहरू प्राप्त गर्न प्रायः सवैभन्दा पछाडी पर्ने गर्दछन्।
१०.औपचारिक अर्थतन्त्रमा सहभागि हुन, न्यायमा सहज पहुँचका साथै राजनीतिक प्रक्रियाहरूमा भाग लिन यिनीहरुले धेरै अवरोधहरूको सामना गर्न परिराखेकाछन् ।
११. विश्वका जीवन्त जैविक विविधताको ८० प्रतिशत संरक्षण आदिवासी जनजातिहरुले मात्र गर्ने गरेको पाईन्छ । जसले जलवायु परिवर्तन र प्रकोप जोखिमहरू अनुकूलन, न्यूनीकरण गर्न महत्वपूर्ण भूमका निर्वाह गरिरहेको छ ।
१२.आदिवासी जनजातिहरूले ओगटेको धेरैजसो भूमि परम्परागत स्वामित्वमा रहेका छन् तर पनि धेरै जसो सरकारहरुले यस भूमिको एक अंशलाई मात्र औपचारिक वा कानुनी रूपमा आदिवासी जनजातिको रूपमा मान्यता दिने गरेको पाईन्छ।
१३.वर्तमान असमानता र बहिष्कारको विरासतले आदिवासी जनजातिहरूलाई जलवायु परिवर्तन र प्राकृतिक प्रकोपका साथै कोभिड १९ जस्ता महामारीको प्रभावहरूबाट बढी जोखिममा पारेको छ ।
१४.विगत ३० वर्षमा, आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (ग्ल्म्च्क्ष्ए) सन् २००७, आदिवासी जनजातिको अधिकारसम्बन्धी अमेरिकी घोषणा सन् २०१६ , जस्ता अन्तर्राष्ट्रिय दस्तावेजहरू अपनाएर आदिवासी जनजातिको अधिकारलाई उच्च सम्मान दिइएको छ । त्यसैगरी आदिवासी जनजातिको अधिकार प्रवर्द्धन गर्न विश्वव्यापी संस्थागत संयन्त्रहरूको समेत निर्माण गरिएका छन् जस्तैः आदिवासी जनजाति सम्वन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्च (ग्ल्एँक्ष्क्ष्), आदिवासी जनजातिहरूको अधिकारसम्बन्धी विशेषज्ञ संयन्त्र (भ्ःच्क्ष्ए), र आदिवासी जनजातिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्र विशेष प्रतिवेदक (ग्ल्क्च्) ।
सन्दर्भ सामाग्रीः आदिवासी जनजाति सम्वन्धी संयुक्त राष्ट्रसंघीय संस्थागत संरचनाहरुबाट प्रकाशित विभिन्न वुलेटिनहरु
Happy International Day of the World’s Indigenous People.