थामे अधिकारी क्षत्रीको इतिहास
चक्र बहादुर अधिकारी क्षेत्री

हजारौ वर्षअघिदेखि नेपालको पहाडी भागमा बसोबास गर्दै आएको एक मुल निवासी जाति क्षेत्री/छेत्री वा क्षथरीय जाति हो। क्षत्रियको अपभ्रंश रुप क्षेत्री, छेत्री वा क्षत्री हो । हिन्दू वर्ण व्यवस्था अन्तरगतको मुलरुपले शासक, सैनिक र प्रशासनिक क्षेत्र अङालेको जातिहरुलाई ‘क्षत्री’ शब्दले जनाउँछ । नेपाली भाषामा खस समुदायका क्षत्रियहरुलाई छेत्री वा क्षत्री भनिन्छ।
जनसंख्याको आधारमा खस क्षत्रीहरु नेपालको र्सवाधिक ठुलो जनसंख्यामा पर्दछ । जो १६.६ प्रतिशत छ । क्षत्रीहरु हिन्दु धर्म अबलम्बन गर्छन र यिनीहरु मष्टो देवता पुजा गर्छन, जसलाई देवाली पनि भनिन्छ । क्षत्रीहरुको भाषा नेपाली/ खस कुरा/ गोर्खाली मातृभाषा हो । हाल बढ्दो अंग्रेजी भाषाको प्रभावले सहरी क्षेत्रमा बस्नेहरुलाई भने अंग्रेजी भाषा तिर आकर्षित गर्न थालेको छ ।
क्षत्री जातिको उत्पति प्राचिन खस जातिबाट भएको भनिन्छ । खस जातिको राज्य नेपालको कर्णाली क्षेत्रमा भएको कुरा इतिहासकारहरु बताउँछन । उक्त राज्यको अवसान पश्चात प्राचिनतम मान्यता विर्सिदै आज खसका सन्तानहरु आफुलाई क्षत्री भनेर सम्बोधन गरिएको पाइन्छ । क्षत्रीका धेरै थर हुनछन, पाँडे, बस्न्यात, थापा, खड्का, अधिकारी, कुँवर, रावल, राउत, रायमाझी, विष्ट, भण्डारी, बोहोरा, महत, वोगटी, कटुवाल, कार्की, बढाथोकी, रघुवंशी, राजपुत आदि । नेपालको विभिन्न भाग र विदेशी भूमिमा समेत फैलिएर रहेका भारद्वाज गोत्रिय थामी (थामे) अधिकारीहरु पनि वर्णाश्रमको हिसावले क्षत्री हुन । क्षत्री भन्ने वित्तिकै वीर, धीर, साहस, रण कुशलताको प्रतिकका रुपमा अर्थ्याइन्छ ।
थामी अधिकारी वंशका मुल पुर्खा को हुन र उनको उद्गम थलो कहाँ हो भन्ने कुराले पनि अर्थ राख्छ । यसरी इतिहासको कालखण्डमा परिस्थितिजन्य आवश्यकता, बाध्यता, विवशता, चाहनाको सेरोफेरोमा यस्ता अनुत्तरित प्रश्नहरुको उत्तर खोज्न विभिन्न बौद्धिक व्यक्तिहरुले ठूलो प्रयत्न गरेको पाइन्छ । हाम्रो परम्परमा वंश चन्द्रवंशी र सुर्यवंशी गरी दुइ वंश प्रचलनमा छन । थामे अधिकारीका पुर्खाहरु चन्द्रवंशी हुन भनी मानिएको छ । सुर्यवंशी भाइ भएकाले नेपालको राष्ट्रिय झण्डामा सुर्य तल राखिएको र चन्द्र माथि राखि वंश परम्पराको तथ्य प्रष्ट भएको उल्लेख छ ।
थामे अधिकारीका मुल पुर्खा भारत चितौड -मेवाड)का राज ऋषिराज भट्टारक हुन । भट्टारक पदवी हो जुन ऋषिराज, शिवराज, दिला राम, मान, गोवर्धन आदि गरी १३औं पुस्तासम्म कायम रहयो । त्यसपति १४औं पुस्तादेखी भट्टारकको ठाउँमा राणा शब्दले थरको रुप ग्रहण गर्यो र त्यो २१औं पुस्तासम्म चलिरहयो । २२औं पुस्ताका कुलोपद देखी राणा राव लेख्न थालियो । यो क्रम ३२औं पुस्तासम्म राणा राव रहि रहयो र ३३औं पुस्ताको भूपति राणा रावदेखि यो ३५औं पुस्तासम्म कायम रहयो । त्यसपछि ३६औं पुस्तामा आएर राव राणाको ठाउँमा खाँड
-खान) उपाधिले ठाउँ लियो ।
यसरी ४१औं पुस्ताका खान्चा खान र मिन्चा खानसम्म आइपुग्यो । त्यसपछि ४२औं पुस्तामा कास्कीका राजा कुलमण्डल खाँडले तत्कालिन दिल्लीका बादशाहबाट शाह पदवी प्राप्त गरे । यसरी शाह वंशको प्रारम्भ भयो । ४३औं पुस्ताका राजा कुलमण्डल शाहका ७ भाइछोरा मध्ये जेठा छोरा भक्ति शाह (रत्न शाह) स्याङजा नुवाकोटका राजा भए भने साँहिला सिरम्भु सतौंकोटका, कान्छा यसो ब्रम्ह शाह लम्जुङका राजा भए ।
४४औं पुस्तामा भक्ति शाहका जेठा छोरा कनक वम शाह स्याङजा नुवाकोटको राजगद्धीमा असिन भए भने ४५औं पुस्ताका रुपम सुजान शाह नुवाकोट दरवारका हर्ताकर्ता बने । त्यस्तै कुलमण्डल शाहका कान्छा छोरा लम्जुङका राजा यशो व्रम्ह शाहका छोरा (४४औं पुस्ता) द्रव्य शाह गोरखाका राजा भएका थिए । राजा कनक वमले सुजान शाहलाई लम्जुङ संगको युद्धमा सम्पूर्ण कार्य खटनपटन गर्ने अधिकार दिएका र सो कार्य सफलता पूर्वक सम्पन्न गरेपछि राजा प्रसन्न भै उनलाई पहिले दिइएको जस्तै अधिकार (अख्तियारी) थमाई बक्सेकोले उनलाई थामी अधिकारी पदवी दिए ।
त्यसपछि उनका सन्तान दरसन्तानले थामी (थामे) अधिकारी वंशका रुपमा पदवी पाएका हुन । सुजन शाहका छोरा दल शाहका दुइ भाइ छोरा थिए । श्याम र मणिक । दल शाहको भानु-१२ (साविक मिर्लुङ-४) ज्यामरुक वयापानीमा बसोबास गरेको थिए । हाल धादिङ, लम्जुङ, नुवाकोट, तनहुँ लगायत विभिन्न स्थानमा छरिएर बस्ने थामे अधिकारीका मुल पुर्खा सुजान शाह हुन भन्ने भन्ने तथ्य इतिहासमा साक्षी छ । भारद्वज गोत्रीय थामे अधिकारी माझ श्याम र मणिक शाहको नाम सगौरव वखान गर्ने गरेको पाइन्छ । स्रोत ः सद्भाव २०७५