शिक्षिकालाई बहुक्षेत्रीय पोषण कार्यक्रमको अभिमुखीकरण

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाको स्वास्थ्य शाखाले बहुक्षेत्रीय पोषण कार्यक्रम सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रम अर्न्तर्गत महिला किशोरीहरुका लागि आइरन चक्की वितरण सम्बन्धी सामुदायिक विद्यालयका महिला शिक्षकहरुका लागि उक्त अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख आनन्दराज त्रिपाठीले नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै बहुक्षेत्रीय कार्यक्रमबाट विशेषतः सुनौलो हजार दिनका महिला, बालबालिका तथा किशोरीहरु लाभान्वित हुने गरी यस कार्यक्रमलाई अगाडि बढाइएको जानकारी गराए ।

भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव ध्रुवराज पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर कार्यपालिका सदस्य रविन भुजेल, वडा नं ३ का वडा सदस्य अमित लामा, त्रिभुवन क्याम्पस मानेचौकाका प्रमुख रविन्द्र जोशी, पुरनडिही अस्पतालका मेडिकल अधिकृत, स्वास्थ्य शाखा प्रमुख ऐर्श्वर्यचन्द्र भट्टर्राई, जनस्वास्थ्य निरीक्षक शिवराज मिश्र, शिक्षा अधिकृत सरस्वती गुरुङ ढकाल लगायतले कार्यक्रमका विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

भानुका सामुदायिक विद्यालयमा कार्यरत ५० जना महिला शिक्षकहरुको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा पुरनडिही नगर अस्पतालका मेडिकल अधिकृत र भानु नगरपालिकाका हेल्थ असिष्टेन्ट किरणबावु श्रेष्ठले सहजिकरण गरेका थिए ।

विशेष गरी १० देखि १९ वर्षका किशोरी तथा गर्भवती महिलाहरुमा देखिने रक्तअल्पताको समस्यालाई न्यूनीकरण गर्नका लागि नेपाल सरकारले वितरण गर्ने आइरन चक्कीको वितरण व्यवस्थापन र अभिलेखीकरणलाई व्यवस्थित गर्न स्थानीय स्वास्थ्य स्वयंसेविका तथा महिला शिक्षकहरुलाई परिचालन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker