जनज्योति भिमादमा च्याम्पियन

भिमाद नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड तथा नवौ मेयर कप प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालयले ९ स्वर्ण, २ रजत र २ कास्य पदक जितेर च्याम्पियन बनेको छ । प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ५ कास्य सहित १२ पदक जितेको बालशैक्षणिक माध्यमिक विद्यालय द्धितीय तथा ३ स्वर्ण, ३ रजत र २ कास्य जित्दै भिमाद ८ को मंगालोदय मावि तृतीय हुन सफल भएको छ । प्रतियोगितामा ९१ पदकका लागि भिमाद नगरपालिका भित्र रहेको २८ विद्यालयका विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए ।

तस्विर : भञ्ज्याङ










