पक्राउ परेकालाई छाड्ने र्सतमा घिरिङको कृष्ण माविमा ९:१५ बजेबाट मतदान सुरु

भञ्ज्याङ न्यूज

तनहुँको घिरिङ गाउँपालिका-१ को कृष्ण माध्यमिक विद्यालयको मतदान केन्द्रमा ९:१५ बजेबाट मतदान कार्य सुरु भएको छ ।

प्रहरीले दुइ जना एमाले कार्यकर्ता पक्राउ गरेपछि मतदान कार्य स्थगित भएको थियो । शनिबार बेलुका कांग्रेस र एमालेबीच झडप भएपछि प्रहरीले दुइ जना एमाले कार्यकर्ता पक्राउ गरेको थियो ।

कार्यकर्ता पक्राउ गरेको विरोधमा घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा अहिले मतदान कार्य सुरु भएको छ ।

एमाले नेता विष्णुभक्त सिग्देलका अनुसार पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहा गर्ने र्सतमा बिहान ९:१५ बजेबाट शान्तिपूर्ण रुपमा मतदान कार्य सुरु भएको छ ।

उनले एमालेको विजय सुनिश्चित हुने देखेपछि एमाले कार्यकर्ता पक्राउ गरेर त्रास फैलाउने काम गरिएको बताए ।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्यालका अनुसार चुनाव प्रचार प्रसारका क्रममा स्थानीयहरु बीच केही विवाद भएको र त्यसै विवादका कारण अवरुद्ध मतदान कार्य अहिले सर्वपक्षीय सहमतिमा ९:१५ बजेबाट मतदान कार्य सुरु भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker