खेलकुदमा आकर्षण तर, छैन पूर्वाधार

तनहुँको दमौलीमा आयोजित दोस्रो दोभान कप तथा प्रथम स्वर्गीय राजेन्द्र स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न आएका दर्शक । दमौलीमा व्यवस्थित खेल मैदान नहुँदा नियमित खेलकुदका गतिविधि हुन सकेका छैनन् भने दर्शकहरुले पनि सहज रुपमा खेलकुदको अवलोकन गर्न पाएका छैनन् । व्यास-३ विपी वनवाटिकाको खेलमैदानमा व्यास-१ को दोभान युवा क्लवले सञ्चालन गरेको फुटबल प्रतियोगितामा पोखराको गन्य एफ सिले ३९जिटीसी बनारस भारतलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधी हातपार्न सफल भएको छ । ३७ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख ५ हजार ५५५ र उपविजेताले १ लाख १५ हजार ५५५ रुपैयाँ प्राप्त गरेका छन् ।

तस्विर : निशा थापा मगर/भञ्ज्याङ










