व्यासले बहुउद्देश्यीय भवन निर्माण कार्य अगाडि बढायो

भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाले नयाँ बहुउद्देश्यीय भवन निर्माणको कार्यलाई अगाडी बढाएको छ । पृथ्वीराजमार्ग र सफासडक क्षेत्रलाई मोहोडा बनाएर चार तल्लाको व्यवसायिक भवन निर्माण गर्ने भएको हो ।

नगरपालिकाको मातहातमा रहेको पुरानो भवनलाई भत्काएर उक्त ठाँउमा ३ रोपनी ३ आना १ पैसा र १ दामको क्षेत्रफलमा व्यवसायिक बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको योजना तथा सहरी विकास शाखा प्रमुख डा. राजु पौडेलले जानकारी दिए ।

नगर विकास कोष र व्यास नगरपालिकाको संयुक्त लगानीमा उक्त भवन निर्माण गर्न लागिएको उनले बताए । उनका अनुसार नगर विकास कोषबाट ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानी रहेन छ ।

नगरपालिकाले २० वर्षो लागि नगर विकास कोषबाट ७० प्रतिशत लगानी ऋण लिएको हो । योजना तथा सहरी विकास शाखा प्रमुख पौडेलका अनुसार भुइँ तत्लामा ११ वटा पसल कबल, २ वटा भर्‍याङ, १ शैचालय र ३ वटा प्रवेशद्वार रहने छ ।

पहिलो तल्लामा १२ वटा पसल कबल, २ वटा भर्‍याङ, १ श्ौचालय रहने छ भने दोस्रो तल्ला र तेस्रो तल्लामा खुल्ला भाग बनाई क्षेत्रफलको हिसाबले कार्यालय प्रयोजनलाई दिनेगरि निर्माण गरिने भएको छ । साथै उक्त भवनमा लिफट् र एस्कालेटरको पनि सुविधा राखिने पौडेलले बताए ।

नगरपालिकाको आयस्रोत वृद्धि गर्ने लक्ष्यसहित मनोरञ्जनका लागि कमर्सियल कम्प्लेक्ससहितको ३१ करोडको लगानीमा व्यवसायिक निर्माण गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

पुरानो भवन भत्काउनको लागि उक्त भवनमा रहेका शाखाहरु सारिएको छ । नगरप्रमुख न्यौपानेले पहिलो कार्यकालमा सम्पन्न गरेको बहुउद्देश्यीय भवनको माथिल्लो भागमा शाखाहरु सारिएको छ । पुरानो भवनमा रहेका शिक्षा तथा सामाजिक शाखा, स्वास्थ्य तथा जनंसख्या शाखा, पशु तथा कृषि शाखा र सरसफाई शाखा माथिल्लो भवनमा सार्न सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker