चितुवाको आक्रमणबाट बन्दिपुरकी आठ वर्षीया बालिका घाइते

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिका-४ टावरमा शनिबार साँझ ८:३० बजे चितुवाले आक्रमण गर्दा एक बालिका घाइते भएकी छिन् । स्थानीय आठ वर्षीया रियाना थापालाई चितुवाले आक्रमण गरी घाइते बनाएको बन्दिपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले बताए।

चितुवाले आक्रमण गरी घाइते भएकी बालिकाको डुम्रेस्थित मोती मेडिकल हलमा उपचार गरिएको र बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उनले बताए ।

चितुवाको दुइ वटा नंग्राले बालिकाको घाँटीमा चिथोरदा घाइते भएकी बालिकाको मेडिकलका डा. महेश विक नेतृत्वको टिमले उपचार गरेको छ ।

बुबाआमा बजारबाट घर जाँदै गर्दा आएको देखेर बालिका घरबाहिर निस्किएकी थिइन् । त्यही बेला चितुवाले आक्रमण गरेको बताइएको छ । बुबाआमा दौडिएर आउने बित्तिकै चितुवा भागेको बताइएको छ ।

केही वर्ष यता जिल्लाका विभिन्न पालिकामा चितुवाको आतंक बढेको छ । सबैभन्दा बढी आतंक भानु नगरपालिकामा छ । चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न डिभिजन वन कार्यालय तनहुँले अनुरोध गर्दै आएको छ ।

पछिल्लो केही दिन यता भानु नगरपालिकाको वडा नं. १, २, ३ लगायतका क्षेत्रमा चितुवा हिड्डुल गरेको देखिएकाले सावधानी अपनाउन र बालबालिकालाई एक्लै नछाड्न डिभिजन वन कार्यालय तनहुँले अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker