फागुन १८ देखि २९ गतेसम्म शुक्लागण्डकी महोत्सव हुने

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

फागुन १८ देखि २९ गतेसम्म खैरेनीटार बजारमा तनहुँको शुक्लागण्डकी महोत्सव सञ्चालन गरिने भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन शुक्लागण्डकी महोत्सव कला, सिप र संस्कृतिको संरक्षण’ भन्ने नाराको साथ महोत्सव गर्न लागिएको हो ।

महोत्सवबारे जानकारी गराउने उद्देश्यले शनिबार दुलेगौंडामा आयोजित पत्रकार सम्मेलनमा महोत्सव निर्देशक समुन्द्रराम श्रेष्ठले महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवर्द्धनमा जोड दिदै स्थानीय कलाकारहरुलाई पहिलो प्राथमिकतामा राखिने बताए । उनले भने, ‘यस पटक ठेक्काको महोत्सव नभई आयोजकले नै संचालन गर्ने भएकाले सबैको सकारात्मक सहयोगले महोत्सव सफल गरिनेछ ।’

यस पटक महोत्सवमा विभिन्न आकर्षक कार्यक्रमहरु थपिएको र गत बर्षहरुमा गरिएको कार्यक्रमहरुलाई नयाँ ढङ्गले गरिने उनले बताए । उनका अनुसार महोत्सवमा राष्ट्रियस्तरका खुला नृत्य प्रतियोगीता, लोक गायन प्रतियोगिता, कौराहा नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, विभिन्न जातजातिको झाँकी प्रदर्शन, पालिकास्तरीय भलिबल प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ ।

त्यस्तै, दगाम भुजिकोट डाडाँको अवलोकन, मिलेनियम ट्रेकमा पदयात्रा, तीनखोले देवी, अकला मन्दिर, ढोरबाराही मन्दिर, मुलबाराही मन्दिरको दर्शन एव अवलोकन, भिमादस्थित भागरमा रहेको सिद्ध गुफा, धन्दुर गुफाको अवलोकन र रक गार्डेनको भ्रमण गराइने छ ।

महोत्सव सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरिएको छ । महोत्सव अवधिमा २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ । पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक एवं शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमलप्रसाद रिमालले पत्रकारहरुको सकारात्मक सहयोगले महोत्सव सफल हुने भन्दै सोही अनुसार समाचार सम्प्रेष गरी सहयोग गर्न आग्रह गरे । उनले यो महोत्सव सम्पुर्ण नगरवासीको भएकाले सवै नगरवासीले आ-आफ्नोतर्फबाट सकेको सहयोग गर्न आहृवान गरे ।

महोत्सवबाट भएको आम्दानीले सामाजिक क्षेत्रमा लगाइने आयोजकले जनाएको छ । महोत्सव खैरेनीटार बजारमा हुनेछ । महोत्सव अवलोकनका लागि साधारण टिकट रु. ७०, विद्यार्थीहरुलाई रु. ५० र कन्सर्टका लागि रु. ३०० रुपैयाँ तोकिएको छ । महोत्सवमा स्थानीय व्यापारीहरुलाई स्टलमा २५ प्रतिशत छुट दिइने र कृषि तथा घरेलु उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराउने आयोजकले बताएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker