घिरिङको घ्यान्छाप–पुटार सडकको दोस्रो खण्डमा कालोपत्र

घिरिङ : तनहुँको घिरिङ गाउँपालिका–१ घ्यान्छाप–पुटार मोटरमार्ग अन्तर्गत घ्यान्छापदेखि बोहोछापसम्मको करिब सात सय मिटर सडक खण्डमा कालोपत्र गरिएको छ । गण्डकी प्रदेश सरकार र घिरिङ गाउँपालिकाको समपुरक बजेट १ करोड १७ लाख रुपैयाँको लागतमा डिबिएसटी प्रविधि मार्फत कालोपत्र गरिएको हो ।
हालसम्म उक्त खण्डको करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम अन्तिम चरणमा पुगेको घिरिङ गाउँपालिकाका प्राविधिक अमृत कुमार श्रेष्ठले जानकारी दिए। सडक निर्माणका लागि लिस्सम निर्माण सेवा कम्पनीसँग २०८१ मंसिर २४ गते सम्झौता भएको गरिएको थियो ।
यस्तै, घ्यान्छाप–पुटार सडकको पहिलो खण्ड, अर्थात् स्वामिभञ्ज्याङ देखि घ्यान्छाप सम्मको भाग ७ सय मिटर सडक खण्ड कालोपत्र गर्ने कार्य अगाडि बढाइएको छ । गाउँपालिकाले सो कार्यका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।
आर्थिक वर्ष २०८२÷८३ मा थप ९१ लाख रुपैयाँ समपुरक संघीय बजेट पनि व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले जनाए । गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाको मुख्य सडक मुद्धाको कारण काम गर्न नसकेकोले शाखा बाटोका योजनालाई प्राथमिकतामा राख्दै आएको बताए ।
सडक निर्माणपछि यस क्षेत्रका बासिन्दाले सहज र सुरक्षित यातायात सेवा पाउने विश्वास गर्दै बर्खामा हिलो र हिउँदमा धूलोका कारण यातायातमा हुने समस्याको अन्त्य हुने अध्यक्ष थापाले बताए ।
यस्तै, मानपुर–डेढगाउँ सडक खण्डको काम सम्पन्न पछि स्थानीयलाई यातायात सेवा सहज बनेको छ । मदन मोटर मार्ग र पशुपति मोटरमार्ग जस्ता शाखा बाटोहरूको निर्माणका लागि बजेट विनियोजन गरिसकिएको तर ठेकेदारले काम गर्न ढिलाई गरेको कारण केही समस्याहरू आएको अध्यक्ष थापाले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker