दमौली बजारमा मोवाइल चोरी गर्ने तीन पक्राउ

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न ठाउँमा मोवाइल चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । व्यास नगरपालिका-४, व्यास नगरपालिका-२ बाट मोवाइल चोरी गरेर फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

व्यास नगरपालिका-४ स्थित सैलेन्द्र पण्डितको डेराकोठाबाट गत वैशाख ५ गते मोवाइल तथा नगद चोरी गरी फरार भएका व्यास-५ साँगेका २२ वर्षीय सुनिल थापा पक्राउ परेका छन् । उनलाई बिहीबार भोर्लेटारचोकबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षका मोहनबहादुर खाँणले जानकारी दिए ।

यस्तै व्यास-२ जनजागृतीमार्ग स्थित लक्ष्मी श्रेष्ठको घरकोठाबाट दुइ थान मोवाइल चोरी गरी फरार रहेका व्यास-४ बागबजार बस्ने २२ वर्षीय ताइरे भन्ने सौरव दरै र म्याग्दे गाउँपालिका-१ गुणादी बस्ने १९ वर्षीय शैलेस परियार पक्राउ परेका छन् । उनीहरुलाई पनि विहीबारै दमौलीबाट पक्राउ गरिएको प्रहीले जनाएको छ । पक्राउ परेकाहरुलाई अदालतबाट एक साताको म्याद थप गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker