मिजार समाजको अध्यक्षमा बाबुराम सर्वसम्वत चयन
भञ्ज्याङ समाचारदाता/दमौली

मिजार समाज सेवा समुह दमौलीको अध्यक्षमा बाबुराम नेपाली सर्वसम्वत चयन भएका छन् । समाजको शनिबार सम्पन्न चौथो अधिवेशनले नेपालीको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा रेनु नेपाली, सचिवमा एस.बि. नेपाली, सहसचिवमा रबि धमेल र कोषाध्यक्षमा प्रेम मौरती चयन भएका छन् । समाजको सदस्यमा मिन मजकोटी, रुपा रम्तेल, बिरु बस्याल, जीतबहादुर अच्छामी चयन भएका छन् ।
यसैगरी समाजको सुचकमा साजन मग्राती र भक्त बहादुर अच्छामीलाई चयन गरिएको छ । पुजारीमा समाजका ज्येष्ठ नागरिक चित्रबहादुर बस्याललाई चयन गरेको छ । समाजका अध्यक्ष अमृत बहादुर नेपालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष रामबहादुर गोतामेले आयव्यय प्रस्तुत गरेका थिए ।










