भानु दुधेकुनाको सरस्वती आधारभूत विद्यालयले स्वर्णमहोत्सव मनायो

भानु : तनहुँको भानु नगरपालिका–१०, दुधेकुनास्थित सरस्वती आधारभूत विद्यालयले स्थापनाको ५०औं वर्षका अवसरमा स्वर्णमहोत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दराज ढकालको अध्यक्षतामा आयोजित स्वर्णमहोत्सव समारोहको पूर्व परराष्ट्रमन्त्री एवं प्रतिनिधि सभा सदस्य नारायणप्रसाद साउदले उद्घाटन गरेका थिए ।

कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी, नेपाली सेनाका पूर्व महारथी राजेन्द्र क्षेत्री, राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष गोविन्दराज सिलवाल, नगर उपप्रमुख उमा गोतामे, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल लगायतका वक्ताहरुले स्थापनादेखि हालसम्म विद्यालयले शैक्षिक क्षेत्रमा खेलेको भूमिकाका विषयमा चर्चा गरेका थिए ।

उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक सन्तनु अधिकारीले वार्षिक शैक्षिक प्रतिवेदन र आय–व्यय विवरण प्रस्तुतीकरण गरेका थिए । ग्रीन आर्मीका विद्यार्थीहरूको पिटी र सम्मान गारथ अर्पण, उत्कृष्ट शिक्षक र कर्मचारीको सम्मान, विविध सांस्कृतिक कार्यक्रम र नृत्य प्रस्तुतीकरण, बालबालिकाहरुलाई न्यानो कपडा र टोपी वितरण, स्वर्ण महोत्सव स्तम्भको अनावरण, उत्कृष्ट अभिभावक र सहयोग दाताहरूको सम्मान लगायतका कार्यक्रम गरिएको थियो ।

यस्तै, स्वर्णमहोत्सवका अवसरमा विद्यालयले लोकदोहोरी र अन्य सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker