शिक्षक सरुवा सच्याउन तनहुँका शिक्षक संघ संगठनको आग्रह

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका शिक्षक संघ संगठनले शिक्षा ऐन विपरित स्थानीय तहले गरेका सरुवा सच्याउन माग गरेका छन् । शिक्षक संघ संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै शिक्षकलाई तर्साउने, मनोबल घटाउने हिसाबले गरिएका सरुवा सच्याउन माग गरेका हुन् ।
नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, विद्यालय कर्मचारी परिषद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा तनहुँ जिल्लाको केही स्थानीय तहले संघीय शिक्षा ऐन विपरीत पालिकास्तरीय शिक्षा ऐन जारी गरी संघीय शिक्षा ऐन विपरीत शिक्षकलाई सरुवा गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ से प्रदत्त गरेको शिक्षा सम्बन्धी २३ वटा अधिकार भन्दा बाहिर गएर केही पालिकाले शिक्षकहरुलाई मनोबल घटाउने, त्रास पैदा गर्ने गरी सरुवा आतङ्क नै मच्चाएको प्रति पेशागत घोर भर्त्सना गर्दछौं ।’
‘संघीय शिक्षा ऐन विपरीत स्थानीय तहले गरिने कामकाज अविलम्ब सच्याउन सम्बन्धित पक्ष र स्थानीय तहसँग जोडदार माग गर्दछौं । यदि हाम्रो धैर्यता, सालिन अनुरोधलाई बेवास्त गरेमा आन्दोलनको कार्यक्रम घोषणा गर्नसमेत बाध्यहुने यसै विज्ञप्ति मार्फ जानकारी गराउँदछौ’, जारी विज्ञप्तिमा भनिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker