तनहुँ उद्योग वाणिज्य संघद्वारा बैंकहरुलाई ध्यानाकर्षण पत्र

भञ्ज्याङ न्यूज

तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा रहेका बैंकहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक संकटको संवेदनशीलतालाई बुझ्न आग्रह गर्दै संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले मंगलबार दमौलीका विभिन्न बैकहरुलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । संघले मंगलबारै जिल्ला प्रशासन कार्यालय र व्यास नगरपालिकालाई पनि ध्यानाकर्षण पत्र बुझाएको छ ।

नीजि क्षेत्रले यस अघि कहिल्यै भोग्न नपरेको आर्थिक संकटको संवेदनशील क्षणमा एक अर्काको परिपुरकका रूपमा बैंक तथा वित्तीय संस्थाहरुले नीजि क्षेत्रलाई टिकाउनको निमित्त असल सहयात्रीको जिम्मेवारी निर्वाह गरोस् भन्ने आग्रह सहित ध्यानाकर्षण पत्र बुझाइएको संघका अध्यक्ष श्रेष्ठले बताए ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नीजि क्षेत्रलाई टिकाउन सके मात्र राज्यको अर्थतन्त्र सबल र सक्षम हुने हुँदा अहिलेको चरम आर्थिक संकटको अवस्थामा केही समय मात्र व्याज, किस्ता बुझाउन नसक्दा सोझै धितो लिलाम गर्ने जस्ता कार्यले नीजि क्षेत्र पूर्ण रुपमा हतोत्साही हुँदै गएका छन् ।’

नीजि क्षेत्रलाई संकटको समयमा निरूत्साहित गराउँदै लैजाने हो भने निकट भविष्यमा बैंकहरूको अस्तित्व पनि संकटमा पर्ने सम्भावना देखिने भन्दै ध्यानाकर्षा पत्रमा भनिएको छ, ‘पछिल्लो समयमा बैंकबाट प्रदान गरिएको नयाँ तथा पुराना कर्जाहरूमा ब्याजदर समायोजन गरी अब उप्रान्त आधार दरमा २ प्रतिशत मात्र ब्याज थप गरी नयाँ ब्याज दर कायम गर्नका लागि समेत अनुरोध गर्दछौं ।’

नीजि क्षेत्र माथि आइलागेको आर्थिक संकट र बाध्यताका बीचबाट आफ्नो फाइदा मात्र उठाउने नभई मानवीय हिसाबले नीजि क्षेत्रको सहयोगी र आर्थिक समृद्धिको साझेदारका रूपमा आफूलाई उभ्याउँदै उद्योगी व्यापारीको सर्वस्व सखाप हुने गरी धितो लिलामलाई मात्र विकल्पका रूपमा नहेरी आर्थिक संकटबाट उकासिनका लागि भाका नाघेको अवस्थामा म्याद थप, कर्जा, नवीकरण, आंशिक धितो फुकुवा आदि जस्ता सहयोगी नीति अख्तियार गरी नीजि क्षेत्र र बैंक दुवै पक्षको लागि सहज हुने स्थिति सृजना गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई संघको तर्फाट ध्यानाकर्षण गराइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker