काम गर्ने पार्टीका उम्मेदवालाई जिताउनुहोस : पूर्व मन्त्री गुरुङ

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार किरण गुरुङले काम गर्ने व्यक्तिलाई जिताएर पठाउन आग्रह गरेका छन् । ऋषिङ गाउँपालिकाका विभिन्न स्थानमा मंगलबार भएका मतदाता भेटघाट एवं कोण सभालाई सम्बोधन गर्दै उनले आफु यसै गाउँठाउँको भएको र यस क्षेत्रको विकासमा पहल गर्दै आएको मतदातालाई बताएका थिए ।

बिगत पाँच वर्षको अवधिमा विकास निर्माणका महत्वपूर्ण आधार खडा गरिएको बताउँदै गुरुङले भने, ‘गफ मात्र गर्ने भन्दा पनि कामै गर्ने व्यक्तिलाई संसदमा विजयी गराएर पठाउनुहोस ।’ उनले यस क्षेत्रमा जनताका आधारभूत विषयलाई प्राथमिकतामा राखेको बताउँदै विकास निर्माणका कार्य क्रमशः गर्दै जाने प्रतिवद्धता जनाए ।

एमाले नेतृत्व सरकारले ग्रामीण भेगमा एक घर एक धारा निर्माण अभियान शुरुवात गरेको स्मरण गर्दै अब खानेपानीकै लागि जनताले दुःख पाउनुपर्ने अवस्था विस्तारै हट्ने दाबी गरे ।

तनहुँ २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले विगतमा भएका कामको मुल्याङ्कन गरी एमालेका उम्मेदवारलाई विजयी गराउने विश्वास व्यक्त गरे । मंगलवार पल्ट्याङ, झिरुबास, धारुङ, गोर्दी, रिसिङ, पुरानोथोक, मैदानस्वाँरा, चालिसे, राइथोक, सपाङ्दी लगायतका क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker