व्यासको रु. १ अरब ५९ करोड ३१ लाख बजेट पारित

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पारित गरेको छ । नगरपालिकाको ३९औं नगर सभामा प्रस्तावित आयव्यय बजेट १ अरब ५९ करोड ३१ लाख १ हजार रुपैयाँ संशोधन सहित सर्वसम्मत पारित गरिएको हो । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, विज्ञापन कर (नियमित गर्ने) विधेयक २०८० संशोधन सहित पारित गरेको छ ।

उपप्रमुख इन्दिरा दरैबाट प्रस्तुत न्यायीक समिति प्रतिवेदन, वडा अध्यक्ष मन बहादुर गुरुङबाट प्रस्तुत पूर्वाधार विकास समितिको प्रतिवेदन, वडा अध्यक्ष रमेशचन्द्र हड्खलेबाट प्रस्तुत आर्थिक विकास समितिको प्रतिवेदन, वडा अध्यक्ष काजिमान श्रेष्ठबाट प्रस्तुत सामाजिक विकास समितिको प्रतिवेदन, वडाअध्यक्ष सुरेश थापाबाट प्रस्तुत सुशासन समितिको प्रतिवेदन, वडाध्यक्ष काशिराम श्रेष्ठबाट प्रस्तुत लेखा समिति प्रतिवेदन, वडाध्यक्ष खेमराज पोख्रेलबाट प्रस्तुत विधायन समितिको प्रतिवेदन, कार्यपालिका सदस्य रनसिंह नेपालीद्वारा प्रस्तुत वन तथा वातावरण समितिको प्रतिवेदन छलफल गरी पारित गरिएको छ ।

यस्तै, कार्यपालिका बैठकले वडा नं २ स्थित गणेशमाचोकमा रहेको जिल्ला समन्वय समिति अन्तर्गतको दमौली ट्रेड सेण्टरलाई व्यास नगरपालिकालाई हस्तान्तरणका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

सत्यवती लगायतका माध्यमिक विद्यालयहरुलाई विषय थपका लागि अनुमति दिने, नगरपालिका अन्तर्गतका नागरिकहरुलाई मालपोत सम्बन्धी सेवा प्रदान गर्न जिल्ला समन्वय समितिसंग एक सटर न्यूनतम भाडामा माग गरी सेवा प्रदान गर्ने व्यवस्थापन मिलाउने, नगरपालिका अन्तर्गतका विभिन्न समितिहरुलाई पुनःगठन गर्न नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय बैठकले गरेको छ ।

नगरपालिका अन्तर्गतका बेरुजु नियमित तथा फर्र्छौट गर्न र नगरपालिकालाई शुन्य बेरुजुमा झार्नका लागि नगरसभाका सबै सदस्यहरुले संकल्प व्यक्त गरेका छन् । यस्तै, वडा नं. १० दुम्सी बजार शिशुवा भतेरी स्थित गौ संरक्षण केन्द्रको स्थापनाकालदेखि स्वंयसेवी भई सहयोग गर्ने प्रजापति सापकोटालाई नगर सभामा सम्मानित गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker