व्यासको दीर्घकालिन सरसफाई व्यवस्थापन बारे बैंककमा प्रमुख वैकुण्ठ न्यौपानेको प्रस्तुतीकरण

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सरसफाई व्यवस्थापनको विषयमा नगरपालिकाले गरेका काम र सामना गरिएका चुनौतीहरूबारे प्रस्तुतिकरण गरेका छन् । थाइल्याण्डको बैंककमा हालै सम्पन्न एशिया प्यासिफिक मेयर्स एकेडेमीको समापन समारोहमा न्यौपानेले सरसफाई व्यवस्थापन सम्बन्धि प्रस्तुतीकरण गरेका हुन् ।

व्यास नगरपालिकाले फोहोर व्यवस्थापनका क्षेत्रमा अपनाएका नवीनतम उपाय र सफलताका कहिल्यै नटुंगिने चुनौतीहरूको चर्चा न्यौपानेले गरेका थिए। उनले नगरपालिकाले समुदायको सक्रिय सहभागिता र नवीन प्रविधिको प्रयोगमार्फत फोहोरलाई उपयोगी साधनमा रूपान्तरण गर्दै आएको उल्लेख गरे ।

न्यौपानेका अनुसार फोहोर वर्गीकरणतर्फ स्रोतमै जैविक र अजैविक फोहोरको वर्गीकरण गरी पुनः प्रयोग र पुनः प्रशोधनमा जोड दिइएको छ ।

कम्पोस्ट उत्पादनतर्फ जैविक फोहोरलाई मलमा रूपान्तरण गरी कृषिमा उपयोग गर्दै आर्थिक मूल्य सिर्जना गरिएको बताउँदै न्यौपानेले प्लास्टिक पुनः प्रयोगतर्फ प्लास्टिकजन्य फोहोरलाई पुनः प्रयोग गर्ने कार्यक्रमहरू सञ्चालन गरिएको बताए ।

उनले स्थानीय स्रोत, जनशक्ति र प्रविधिको सीमितताका बाबजुद नगरपालिकाले दीर्घकालीन र प्रभावकारी योजनाहरू अघि सार्दै आएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker