कुमाल समुदायको संग्राहलय

तनहुँको भानु नगरपालिका-४ चुँदी कुमालगाउँमा रहेको कुमाल समुदायको संग्राहलय ।

गोलघरमा रहेको यस संग्रहालयमा नेपालको आदिवासी जनजाती कुमालहरूले दैनिक जीवनमा प्रयोग गर्ने घरायसी सामग्री तथा संगीतसँग सम्बन्धित बाजाहरूको संग्रह गरिएको छ ।

यहाँ विशेषतः माटाका भाँडाकुँडा, माछा मार्ने धिम्री, ढोक्सा, फुर्लुङ्, भाँडा बनाउँदा प्रयोग हुने पिर्का, घुमाउने रिङ्, दमाहा, झयाली, मादल (मृदुङ्गा), माछा मार्ने जाल, कलश आदि काठको र्याकमा सजाएर राखिएको छ । भानु नगरपालिकाको १० लाख रुपैयाँ आर्थिक सहयोगमा भवन निर्माण गरिएको छ भने वडा कार्यालयबाट रू ५० हजारको लागतमा काठको र्याक निर्माण गरिएको छ ।

तस्विर सौजन्य : ध्रुवराज पौडेल/भञ्ज्याङ










