मह शिकारी एड्भेन्चरका ‘रियल हिरो’ हुन् : क्याप्टेन लामा

लमजुङ । मह शिकारी एड्भेन्चरका ‘रियल हिरो’ भएको क्याप्टेन बिजय लामाले बताएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा सम्पन्न स्पार्क एड्भेन्चर २०२२ अन्तर्गत अहिलेसम्मकै ठुलो समुहले हनि हन्टिङ (मह शिकार) अवलोकन गरेको कार्यक्रमको समापनमा लामाले उक्त धारणा व्यक्त गरेका हुन् ।

पहिलोपटक होमस्टेको अनुभव लिन पाएको र भुजुङ गाउँको होमस्टे बसाइले मोहित बनाएको महानायक राजेश हमालले बताए । जिन्दगी कै अभुतपुर्व अनुभव गरेको नायिका वर्षा सिवाकोटीले बताइन् । त्यस्तै कलाकार विपिन कार्कीले आफैं गएर भिरमा मह काढौं, काढौं जस्तो उत्साह भएको बताए ।

नेपाली ख्यातीप्राप्त कलाकार, पाइलट, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, सुरक्षा अधिकारी, व्यापारीलगायत करिब २ सय जनाको टोली हनि हन्टिङका लागि लमजुङ पुगेका थिए ।

बिहीबार बिहान काठमाडौंबाट गएको टोलीले शुक्रबार भुजुङको घिम्चे भिरमा मह काढेको अवलोकन गरेको हो । बिहीबार साँझ क्व्होलासोंथार गाउँपालिका ४, भुजुङ पुगेका उनीहरु आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हनि हन्टिङ अवलोकनको आयोजना गरिएको आयोजक सँस्था स्पार्क ग्रुपका सिइओ रोशन घिमिरेले बताए ।

कार्यक्रममा कलाकार राजेश हमाल, गायक रामकृष्ण ढकाल, वरिष्ठ रंगकर्मी सुनिल पोख्रेल, विमानचालक क्याप्टेन विजय लामा, कलाकार वीपिन कार्की, वर्षा सिवाकोटी, मधुसुदन पाठक (सिते बा), तेक्वान्दो खेलाडी दीपक विष्ट, डा लोचन कार्कीसहितको टिम भुजुङ पुगेको स्पार्क समूहका इभेन्ट म्यानेजर अमरदीप भट्टराइले जानकारी दिए ।

काठमाडौंबाट बेंसीसहर हुँदै भुजुङ गाउँ पुगेको टोलीले भुजुङमा स्थानीय संस्कृतिको अवलोकन, भीर मह सिकार स्थलमा पुगेर अवलोकन र होमस्टेमा खाना खाएर घलेगाउँ अवलोकन गर्दै बेंसीसहर फर्केको भट्टराईले बताए । शुक्रबार साँझ बेंसीसहरमा गायक रामकृष्ण ढकालको एकल साँझ समेत गरि २४ गते टोलि काठमाडौं फर्केको भट्टराईले बताए ।

लमजुङको भुजुङमा करीब ४ सय घर एकैठाउँमा छन् । पहिले एउटै गाउँ र एउटै गाविसले चिनिएको भुजुङ अहिले एउटै वडामा पर्छ । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइको यो गाउँ लमजुङ सदरमुकाम बेंसीसहरदेखि ३६ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा पर्छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker