पुस्तक तथा स्टेशनरी व्यवसायीको स्थापना दिवसमा बालबालिकालाई खेलकुदका सामाग्रि प्रदान

दमौली : तनहुँको व्यास नगरपालिका–१० स्थित उज्यालो घरका बालबालिकालाई खेलकुदका सामाग्रि प्रदान गरिएको छ । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १९औं स्थापना दिवसका अवसरमा तनहुँ शाखाले बालबालिाई खेलकुदका सामाग्रि प्रदान गरेको हो ।
उज्यालो घरमा शाखाले स्थापना दिवसका अवसरमा आइतबार एक कार्यक्रमको आयोजना गरी खेलकुदका सामाग्री, खाजा उपलब्ध गराउनुका साथै केककाटी बालबालिकाहरुसंग खुशी साटासाट गरिएको शाखाका अध्यक्ष रामचन्द्र सापकोटोले जानकारी गराए ।
उक्त अवसरमा महासंघका केन्द्रीय कोषध्यक्ष ताराराम श्रेष्ठ, गण्डकी प्रदेशका पूर्व अध्यक्ष दुर्गा कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker