शुक्लागण्डकीका पाँच वटा बाहेक अन्य विद्यालयमा भौतिक रुपमै पठनपाठन गरिने

राजकुमार आले

तनहुँको शुक्लागण्डकी नगरपालिकामा आइतबारदेखि विद्यालय खुल्ने भएका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भौतिक रुपमै विद्यालय खोल्ने निर्णय भएको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक सहितको उपस्थितिमा बसेको शिक्षा शाखाको बैठकले राजमार्गमा पर्ने पाँच विद्यालय बाहेक अन्य विद्यालयहरु खोल्ने निर्णय भएको प्रवक्ता कुमालले बताए ।

उनका अनुसार शहीदकृष्ण मावि, पञ्चमुनिदेव मावि, जनकल्याण मावि, खैरेनी मावि र सरस्वती नमुना मावि अहिले नखुल्ने भएका हुन् । ग्रामीण भेगका विद्यालयको तुलनामा यी विद्यालयहरुमा विद्यार्थी संख्या पनि धेरै छन्, धेरै जसो विद्यार्थीहरु बसबाट आउने जाने भएकाले संक्रमणको जोखिम धेरै हुँदा अहिले नखोल्ने निर्णय भएको छ, उनले भने उहाँहरुलाई पछि केही व्यवस्थापन गर्ने गरी अन्य विद्यालयमा भने भौतिक दुरी कायम गरी पठनपाठन गर्ने भनिएको छ।

नगरपालिकाको युवा खलकुद तथा शिक्षा शाखा प्रमुख उपसचिव नवराज चापागाईले स्मार्ट लकडाउनको अवधारणा अनुसार विद्यार्थीहरुलाई आलोपालो गरेर विद्यालय संचालन गर्ने निर्णय भएको बताए । उनले संक्रमणको जोखिम कम भएको र विद्यालय संचालन गर्न सम्भव भएका क्षेत्रहरुमा विद्यालय संचालन गर्न अनुमति दिइएको बताए ।

उनले भने ‘स्वास्थ्यकर्मीहरुबाट नियमित स्वास्थ्य जाँच तथा जोखिम क्षेत्र पहिचान गर्ने काम हुन्छ, त्यहाँको समुदायको अवस्था के छ, त्यसलाई विचार गरी होशियारीको साथ विद्यालय संचालन गर्ने भन्नि हो, अनलाइन कक्षा प्रभावकारी नभएको भन्दै धेरै अभिभावकहरुबाट माग पनि आथ्यो ।’

सबैखाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी आलोपालो गरी सकेसम्म एउटा बेञ्चमा एक विद्यार्थी राखेर पढाइ शुरु गर्न निर्देशन गरिएको छ । उनका अनुसार निजी विद्यालयको हकमा भने कुनै निर्णय भएको छैन । आगामी दिनमा उहाँहरुसंग पनि छलफल गरेर निर्णय लिने उपसचिव चापागाईले बताए ।

जिल्लाका व्यास नगरपालिका र ऋषिङ गाउँपालिकामा पनि आइतबारदेखि भौतिक रुपमा उपस्थित भई विद्यालय संचालन गर्ने तयारी गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker