आयुर्वेदिक महत्वको गौमूत्र : वैज्ञानिक दृष्टिमा के–के छन् फाइदा ?

हिन्दू धर्ममा गाईलाई आमा मानिएको छ । संसारको सबैभन्दा प्राचीन धर्मले एउटा सामान्य पशुलाई आमाको स्थान दिनु र यसको मल एवं मूत्रलाई परमपवित्र मान्नु सामान्य नभएर विशेष रहस्यको विषय हो । अझ आयुर्वेदमा त गौमूत्रलाई अति महत्वपूर्ण औषधिको रूपमा प्रयोग गर्ने गरिन्छ ।

पाँचहजार साल पुरानो मानिने आयुर्वेदिकग्रन्थ सुश्रुत संहिताको सूत्रस्थानको ४५औ अध्यायमा गौमूत्रको अनेकौं औषधीय गुणको वर्णन  गरिएको छ । यसैगरी ३५ सय वर्ष पुरानो महर्षि बागभट्टद्वारा लिखित अष्टाङ्गहृदय संहितामा समेत गाईलाई प्रकृतिको अनुपम उपहार भनिएको छ । अष्टाङ्गहृदय संहितामा गौमुत्र एक्लैले मात्र वात र कफ जस्ता व्याधिलाई ठीक गर्छ भनिएको छ भने अन्य औषधिहरूको साथमा प्रयोग गर्दा पित्तव्याधिलाई  पनि निको पार्ने तथ्य पेश गरिएको छ ।

के छ गौमूत्रमा ?

गौमुत्र धेरैवटा औषधिहरूले मिलेर बनेको जैविक घोल हो । यो एउटा यस्तो जैविक द्रव्य हो जसमा हालसम्म २१ वटा धातुहरू लगायत अन्य महत्वपूर्ण जैविक रसायनहरू पाइएको छ । गौमूत्रमा पाइने धातुहरू निम्नलिखित छन ।

नाइट्रोजन– नाइट्रोजनलाई रगत शुद्घ गर्ने ग्यासको रुपमा बुझिएको छ । मात्रा ठीक भएमा यसले रगतमा भएकोें विषाक्त तत्वहरूलाई निकाल्ने कार्य गर्छ । तर मात्रा धेरै भएमा नाइट्रेटले हेमोग्लोविनसँग प्रतिक्रिया गरी अक्सिजन बहन क्षमता र थाइराइड ग्रन्थीको कार्यक्षमता कम गरिदिन्छ । गौमुत्रमा हाम्रो शरीरलाई चाहिने जति मात्रामा मात्र नाइट्रोजन पाइन्छ । नाइट्रोजनले मूत्रमार्गलाई उत्तेजित गर्नुका साथै मृगौलालाई सक्रिय बनाएर पिसाव लगाउने कार्य पनि गर्दछ । नाईट्रोजनको अर्को रूप नाईट्रिक अक्साइडले मांशपेसीलाई शिथिल राख्नुका साथै मुटु तथा रक्तनली, स्नायु, प्रतिरक्षा र नशा—हड्डीलाई स्वस्थ राख्न अहम् भूमिका खेल्छ ।

सल्फर—सल्फरले कार्टिलेज र हड्डीहरूको निर्माण,  ईन्सुलिनको उत्पादन, कोषका विषाक्त तत्वहरूको निस्काशन, रक्तनलीमा लचकता, छालामा निखार, कृमीनाश आदि कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसले ठूलो आन्द्रामा मलको प्रवाहलाई पनि चालु राख्न मद्दत गर्दछ ।

अमोनिया– अमोनियाले पित्त, कफ र वायुलाई ब्यालेन्स गराई  राख्नुका साथै रक्त निर्माण कार्यलाई पनि चालु राख्दछ ।

कपर/तामा– तामाले मष्तिस्कलाई सक्रिय बनाउनुको साथै प्रतिरक्षा प्रणालीलाई प्रोत्साहित गर्ने माइलिनसिथलाई सुरक्षित गर्नुका साथै जोर्नीको दुखाइका समस्याहरूमा राहत पु¥याउने काम गर्छ । तामाले अनावश्यक रूपमा जमेर बसेको बोसोलाई समेत घटाउन मद्दत पुर्‍याउँछ । यसका अलावा यो धातुले बुढ्यौलीलाई रोकथाम गर्नुका साथै लौह तत्वको अवशोषणलाई बढाउने, राता रक्तकोष बन्ने क्रियालाई सघाउने, आँखा, केश र छालाको वर्णलाई बरकरार राख्ने जस्ता कार्यहरू पनि गर्छ ।

आइरन/फलाम– फलाम राता रक्तकोष बन्न चाहिने धातु हो । यो धातुले हेमोग्लोबिनको रक्तमात्रा नियन्त्रण गर्नुका साथै शरीरको तापक्रम नियन्त्रित गर्ने, मष्तिस्कको विकासमा सहयोग पु¥याउने, मांशपेशीहरूको स्वास्थ्य बरकरार राख्ने, एनिमिया ठीक गर्ने, रेस्टलेस लेग सिन्ड्रोम ठीक गर्ने, निन्द्रालगाउन मद्दत गर्ने, धेरै प्रोटिनहरूमा को फ्याक्टरको रूपमा कार्यगर्ने जस्ता कार्य गर्दछ ।

यूरिया– युरिया कीटनाशक रसायन हो । यूरियाले छालाको आद्रतालाई बचाइराख्नुका साथै छालामा भएका मृतकोषहरूलाई हटाउन मद्दत गर्दछ । यसले रगतमा भएका अनावश्यक तत्वहरूलाई बाहिर निकाल्न, पिसाव बन्ने कार्यलाई सघाउने र मृगौलालाई स्वस्थ राख्ने पनि गर्दछ ।

युरिक एसिड– रगतमा युरिक एसिड बढ्दा गौटबाथ रोग लाग्ने तथ्य धेरैलाई थाह छ । तर युरिक एसिडले स्वास्थ्यमा पुर्‍याउने फाइदाका बारेमा हामी धेरैजना अनभिज्ञ नै छांै । युरिक एसिडले एउटा बलबान एण्टिअक्सिडेन्ट हो । यसले मुटु तथा रक्तनलीका रोग, क्यान्सर एवं निम्न रक्तचापलाई ठीक गर्न मद्दत गर्दछ ।

फास्फेट– फास्फेट मुख्य रूपमा हड्डीको घटक द्रव्य हो । यसले हड्डी बलियो बनाउनु, पिसावलगाएर रक्तशुद्घि गर्नुका साथै मुत्रमार्गबाट पत्थरी पैदा गर्ने तत्वहरू हटाएर मृगौलालाई मजबुत बनाउँछ । फस्फेट राम्रो ब्लड बफर पनिहो । यसले मष्तिस्कको कार्यलाई पनि जारी राख्न मद्दत गर्दछ

सोडियम– सोडियम स्नायु र मांशपेशीको क्रियालाई जारी राख्न चाहिने तत्व हो । शरीरमा तरल पदार्थको मात्रा नियन्त्रण गर्न रगतको आयतन नियन्त्रण गर्ने, लगायतका अन्य महत्वपूर्ण जैविक क्रियाको लागि सोडियम आवश्यक हुन्छ । सोडियम राम्रो रक्तशोधक र अम्लनासक (एण्टासिड) हो ।

पोटेसियम– पोटासियमले स्नायु र मांशपेशीको क्रियालाई जारी राख्ने हड्डीहरूको कमजोरी कम गर्ने भोक लगाउने शारीरिक कमजोरी र थकानमाथि विजय प्राप्त गर्न मद्दत गर्छ ।

म्यागनीज– म्यागनीजले हानिकारक कीटाणुहरूको  वृद्धिलाई राक्ने र चोट पटकबाट हुने क्षतिलाई न्यूनीकरण गर्न मद्दत पु¥याउदछ । यसकाअलावायसले ब्लड सुगर नियन्त्रण गर्ने, थाइराईड ग्रन्थीको कार्य क्षमतालाई बरकरार राख्ने, पाचन र उपपाचन क्रियालाई नियन्त्रित गर्ने प्रिमिन्टुअल सिन्ड्रोम, अस्टियोपिनीयाफ्री–रेडिकल ईन्जुरी कम गर्नुका साथै, ढाडको हड्डीमा मिनिरलहरूको स्तरलाई बरकरार राख्दछ ।

कार्बोलिक एसिड–  यो एउटा कीटनाशक तत्वहो । यसले किटाणुहरूको बृद्घि र बर्धन रोक्छ । यसको ५५ सोलुसनले छालाको चिलचिलाहट नासगर्ने, र  १५  सोलुसनमुख शुद्घिमा प्रयोग गर्ने गरिएको छ ।

क्याल्सियम– क्याल्सियम हाम्रो शरीरमा सबैभन्दा धेरै चाहिने तत्व हो । यस तत्वले हड्डीहरू मजबुत बनाउने, रक्त शुद्ध बनाउने, रगतजम्न मद्दत गर्ने, दाँतलाई मजबुत बनाउने आदि कार्य गर्दछ ।

नुन– यसले रगतको अम्लीयपनलाई नाश गर्नुका साथै कीटाणुहरूलाई समेत समाप्त गर्छ ।

भिटामिन – ए, बी, सी, डी, ई सबै भिटामिनहरू मिलेर जीवनीशक्तिलाई बढाउँछ । भिटामिन शरीरमा धेरै कार्यहरू छन् ।

लेक्टोज– लेक्टोजले मांशपेशी एवं हृदयलाई मजबुती प्रदान गर्छ । यसले प्यास कम गर्नुका साथै खाँदा सन्तुष्टि दिने र स्नायु शिथिलतालाई कम गर्दछ ।

ईन्जाइम्स –  गौमुत्रमा पाइने विभिन्न ईन्जाईम्सहरूले पाचनक्रियामा सहायता पु¥याउनुका साथै विभिन्न तत्वहरू बन्न मद्दत गर्ने र जीवनीशक्तिलाई बढाउने कार्य गर्दछ ।

पानी– पानीले शरीरमा बोसो लाग्न नदिएर तौल नियन्त्रण गर्न सहयोग पु¥याउँछ । यसले उपापचयी क्रियापश्चात जम्मा भएको अतिरिक्त युरिया, युरिक एसिड, क्रियाटिनिन जस्ता विषाक्ततत्वहरु, सोडियम, पोटासियम, क्यल्सियम, फसफोरस जस्ता इलेक्ट्रोलाईटहरूलाई निष्कासन गर्न मद्दत गर्छ ।

यसका अलावा छालाको सौन्दर्यलाई जीवन्त राख्ने माशंपेशी तथा स्नायुकोषहरूको कार्यक्षमतालाई जारी राख्ने कोषहरुमा हुने अक्सिडेटिभ स्ट्रेस निवारण गर्न सहयोग गर्ने लगायत पाचन, अवशोषण र मल निष्कासनमा ठूलो भूमिका खेल्छ । हाइप्युरिक एसिड– यो अम्लले मूत्रमार्गबाट हानिकारक तत्वहरूलाई हटाउँछ ।

क्रियेटिनाइन– क्रियेटिनाइनको नियन्त्रित मात्राले हानिकारक कीटाणुहरूलाई मार्न सहयोग गर्छ।

अउरम हाइड्रोक्साइड – यो यौगिक एन्टीबायोटिक तथा एन्टीटक्सिक भएकाले धरै हानिकारक कीटाणुहरूलाई नष्टगर्ने एवं जीवनीशक्तिलाई समेत बढाउने गर्छ । एजेन्सी

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker