तनहुँको बन्दीपुर ३ स्थित तामुङमा पहिरोले पाँच घर पुर्यो, दुईको मृत्यु
भञ्ज्याङ न्यूज

तनहुँको बन्दीपुर ३ तामुङमा पहिरोले पुर्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । घर माथिबाट झरेको पहिरोले पाँच घर पुरेको छ । उक्त पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा करिब ७० वर्षिया हरिमाया बसेल तथा करिब ३० वर्षिया सरस्वती थापा छन् । राती खसेको पहिरोमा बेपत्ता उनीहरुको शव भेटिएको बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
पहिरोका कारण घर पुरिए पछि स्थानीय बिस्थापित छन् । उद्धारको प्रयास भैरहेको अध्यक्ष थापाले जानकारी दिए ।
राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध
पृथ्वी राजमार्गको छिर्कनेमा धेरै ठाउँमा एकै साथ पहिरो खसे पछि आवतजावत बन्द छ । खुलाउने प्रयास भैरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।










