तनहुँको शुक्लागण्डकीमा भएको सडक दुर्घटनामा दुइ जनाको मृत्यु

भञ्ज्याङन्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकामा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुइ जनाको मृत्यु भएको छ ।

शुक्लागण्डकी नगरपालिका-१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्रयाक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ ।

छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फआउँदै गरेको ग७प ६९२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नम्बरको ट्रयाक्टर आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार शुक्लागण्डकी-१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको घटनास्थलमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार ट्रयाक्टर चालक र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।

यस्तै, शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका-११ कालिकोट स्थित भित्री सडक खण्डमा गाछेपानीबाट चिसापानीतर्फजाँदै गरेको ग१त २५३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

प्रहरी नायब उपरीक्षक खाँणका अनुसार ट्याक्टर पल्टिई दुर्घटना हुँदा ट्याक्टरमा सवार शुक्लागण्डकी नगरपालिका-२ गाछेपानी बस्ने अन्दाजी वर्ष २४ को सोम बहादुर परियारको घट्नास्थलमै मृत्यु भएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker