म्याग्देको थर्पुमा प्रथम म्याग्दे महोत्सव गरिदै

तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पुमा प्रथम म्याग्दे महोत्सव गरिने भएको छ । थर्पु युवा क्लवले यही जेठ २५ देखि असार २ गतेसम्म प्रथम म्याग्दे महोत्सव गर्न लागेको हो ।

यस क्षेत्रको आर्थिक कारोबारलाई चलायमान गराउन, समग्र म्याग्देको भाषा, कला र संस्कृतिलाई एउटै थलोमा प्रस्तुत गर्ने उद्देश्य सहित क्लवले महोत्सव गर्न लागेको बताइएको छ ।

म्याग्देको प्रमुख व्यापारिक केन्द्र रहेको थर्पु बजारको सर्वाङ्गीण विकास महोत्सवको मुख्य लक्ष्य रहेको क्लवका अध्यक्ष नवराज हमालले आइतबार पत्रकार सम्मेलनमा गरी जानकारी दिएका छन् ।

आर्थिक मन्दीले शिथिल भएको व्यवसायलाई चलायमान बनाउन, स्थानीय कृषि उत्पादन लगायत सम्पूर्णलाई व्यापार व्यवस्थापन गर्न, म्याग्देको प्रमुख व्यापारिक क्षेत्रको रुपमा स्थापित गर्न, स्थानीय कलाकारको प्रतिभा प्रस्फूटन गर्न महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

महोत्सवको तयारी तीव्र गतिमा अगाडी बढाइएको महोत्सव आयोजक मूल समारोहका संयोजक गौरवराज रानाले बताए। महोत्सवमा एक सय स्टल रहने र दश वटा स्टल कृषि तथा हस्तकलालाई निशुल्क उपलब्ध गराइने उनले बताए ।

करिब ५० हजार दर्शकले अवलोकन गर्ने महोत्सवबाट आम्दानी भएको दुइ प्रतिशत शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा लगानी गरिने रानाले बताए।

महोत्सवका अवसरमा विद्यालय स्तरीय र एकल खुल्ला नृत्य कार्यक्रम समेत गरिने भएको छ । नृत्यमा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker