तनहुँमा उद्योग दर्ता घट्यो

तनहुँमा एक वर्षमा पाँच सय ९६ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा उद्योगतर्फ तीन सय आठ र वाणिज्यतर्फ दुई सय ८८ दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय दमौलीले जनाएको छ ।

उद्योग तथा वाणिज्य दर्ता गत आव २०८०/८१ मा भन्दा आव २०८१/८२ मा कम भएको कार्यालय प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिनुभयो । आव २०८०/८१ मा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ गरी सात सय ७१ उद्योग दर्ता भएका थिए । आव २०८१/८२ मा एक हजार नौ सय छ उद्योग नवीकरण भएका छन् भने वाणिज्यतर्फ एक हजार सात सय ३५ उद्योग नवीकरण भएको सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार उद्योगतर्फ साउनमा ३३, भदौमा ३९, असोजमा ३२, कात्तिकमा २५, मङ्सिरमा ३१, पुसमा २४, माघमा १५, फागुनमा २४, चैतमा २०, वैशाखमा २९, जेठमा २५ र असारमा ११ उद्योग दर्ता भएका छन् । वाणिज्यतर्फ साउनमा ५३, भदौमा २१, असोजमा २४, कात्तिकमा २०, मङ्सिरमा २३, पुसमा २५, माघमा १९, फागुनमा २३, चैतमा २२, वैशाखमा २१, जेठमा २२ र असारमा १५ दर्ता भएका छन् ।

कार्यालयले एक वर्षमा रु ८४ लाख ८१ हजार ४२५ राजस्व सङ्कलन गरेको छ । उद्योग दर्ता, नवीकरण, संशोधनलगायतबाट कार्यालयमा राजस्व सङ्कलन हुने गरेको सुवेदीको भनाइ छ । साउनमा रु १३ लाख ७४ हजार ४५०, भदौमा रु आठ लाख ६८ हजार ५००, असोजमा रु नौ लाख पाँच हजार १००, कात्तिकमा रु चार लाख ३५ हजार ९००, मङ्सिरमा रु छ लाख ४५ हजार ४००, पुसमा रु सात लाख २४ हजार ४७५, माघमा रु चार लाख ८७ हजार ४५०, फागुनमा रु छ लाख ५६ हजार ६५०, चैतमा पाँच लाख २२ हजार २५०, वैशाखमा रु चार लाख ४२ हजार ५०, जेठमा रु चार लाख ९० हजार ९०० र असारमा रु नौ लाख २८ हजार ३०० राजस्व सङ्कलन भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker