प्रथम व्यास मेयर कप फुटबलको उपाधी व्यास–१ ले जित्यो

दमौली : प्रथम व्यास मेयर कप फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–१ ले जितेको छ । व्यास नगरपालिका नगर खेलकुद समितिको आयोजनामा व्यास–३ स्थित बीपी वनवाटिका खेलमैदानमा सम्पन्न फाइनलमा व्यास–८ लाई १–० गोलले पराजित गर्दै व्यास–१ ले पहिलो संस्करणको उपाधि जितेको हो ।

प्रतिस्पर्धात्मक खेलमा व्यास–१ ले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उपाधिसँगै विजेता टोलीले नगद एक लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता व्यास–८ ले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

सेमिफाइनलमा व्यास–८ ले व्यास–७ लाई र व्यास–१ ले व्यास–६ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए। प्रतियोगितामा व्यास नगरपालिकाका १४ वटै वडाको सहभागिता रहेको थियो ।

प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा वडाबीच आपसी सद्भाव र एकता अभिवृद्धिमा योगदान पुर्याएको आयोजकले जनाएको छ ।

समापन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । खेलकुदले युवाको प्रतिभा प्रस्फुटनसँगै अनुशासन, एकता र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

व्यास–६ का वडाध्यक्ष एवं नगर खेलकुद समितिका अध्यक्ष जीवन गुरुङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, प्रशिक्षक, जनप्रतिनिधि, रेफ्री तथा खेलप्रेमीलाई धन्यवाद दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker