म्याग्दे गाउँपालिकाद्वारा रु ७४ करोड ३२ लाख बजेट प्रस्तुत

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ७४ करोड ३२ लाख ७८ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सोमबार आयोजित गाउँसभामा उपाध्यक्ष बालकृष्ण घिमिरेले उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेटमध्ये चालुतर्फ रु ४७ करोड ९३ लाख र पुँजीगततर्फ रु २६ करोड ३९ लाख ४५ हजार विनियोजन गरिएको घिमिरेले जानकारी दिए ।
विनियोजित बजेटको स्रोत सुनिश्चितताका लागि नेपाल सरकारको वित्तीय समानीकरणबाट रु नौ करोड ९२, सशर्त अनुदानबाट रु ३९ लाख, चालुबाट रु १८ करोड, राजश्व बाँडफाँटबाट रु आठ करोड ७७, गण्डकी प्रदेश सरकारको प्रदेश वित्तीय समानीकरणबाट रु एक करोड २१ लाख, राजश्व बाँडफाटबाट रु ९० लाख, अनुदानबाट रु ९० लाख अनुमान गरिएको छ ।
उपाध्यक्ष घिमिरेका अनुसार सडक बोर्डबाट रु २३ लाख, आन्तरिक आयबाट १५ करोड, समपुरक अनुदानबाट रु ७० लाख, विशेष अनुदानबाट रु एक करोड ४० लाख, सामाजिक सुरक्षाबाट रु १३ करोड, प्रदेश समपुरक अनुदानबाट रु ६० लाख, विशेष अनुदानबाट रु ४० लाख, नागरिक साझेदारीबाट रु दुई करोड प्राप्त हुने अनुमान गरिएको छ ।
आर्थिक विकास समितितर्फ रु चार करोड १८ लाख, सामाजिक विकास समितितर्फ रु ३३ करोड १६ लाख ८३ हजार, पूर्वाधार विकासतर्फ रु २५ करोड ३९ लाख ६८ हजार चार सय ५०, वन वातावरण विपद् समितितर्फ रु ८७ लाख, कार्यालय सञ्चालन, सुशासन समितितर्फ रु १० करोड ७१ लाख बजेट विनियोजन गरिएको छ ।
वडागत रुपमा वडा नम्बर १ का लागि रु ५० लाख ७५ हजार, वडा नम्बर २ का लागि रु ५५ लाख ३१ हजार, वडा नम्बर ३ का लागि रु ४५ लाख २ सय, वडा नम्बर ४ का लागि रु ५० लाख ७४ हजार, वडा नम्बर ५ का लागि र ४६ लाख दुई हजार, वडा नम्बर ६ का लागि रु ५१ लाख ७५ र वडा नम्बर ७ का लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल विनियोजित बजेटमध्ये ५६.०७ बजेट खर्च भएको घिमिरेले बताए । चालु वर्षको जेठ मसान्तसम्म चालुतर्फ ७०.५ प्रतिशत र पुँजीगततर्फ ३८.२९ प्रतिशत बजेट खर्च भएको उनले बताए ।
उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ५८.४६ प्रतिशत खर्च भएको थियो। जनताका आवश्यकता र माग ठूलो भएपनि सीमित स्रोत साधनको कमीका कारण सोचे अनुरुपको बजेट प्रस्तुत गर्न नसकिएको उपाध्यक्ष घिमिरेले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker