व्यास नगरपालिकाको बजेट रु १ अर्ब ५२ करोड : शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्र प्राथमिकतामा

तनहुँको व्यास नगरपालिकाको ३३औं नगरसभाले अगामि आर्थिक वर्ष २०७७/०७८ का लागि निती, कार्यक्रम तथा बजेट पारित गरेको छ । शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रलार्य प्रथामिकतामा राखेको नगरपालिकाले आगामि आर्थिक वर्षका लागि १ अर्ब ५२ करोड ९७ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट पारित गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानले बताएका छन् ।
नगरसभा सम्पन्न पश्चात आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख न्यौपानेले आगामि आर्थिक वर्षका लागि शिक्षा, युवा तथा खुलेकुद कार्यक्रमका लागि ४४ करोड ५ लाख, पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि ४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको बताएका छन् ।
कोरोना कहरका कारण बेरोजगार बनेको युवालाई गाउँघरमै रोगारीको वातावरण सृजना गर्ने तथा कृषिमा आत्मनिर्भरताका लागि उत्पादनमा जोड दिएको नगरपालिकाले कृषि तथा पशु सेवा कार्यक्रमका लागि ३ करोड ८३ लाख रुपैया बजेट विनियोजन गरेको छ । यस्तै, स्वास्थ्य सम्बन्धी कायृक्रमका लागि ७ करोड ३८ लाख ८७ हजार रुपैयाँ बराबरको बजेट व्यवस्था गरेको नगरपालिकाले महिला, जनजाति, दलित, अपाङ्ग एवं ज्येष्ठ नागरिक कार्यक्रमका लागि १ करोड ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख न्यौपानले जानकारी गराएका छन् ।
वडा कार्यालय पहुँच मार्ग निर्माणका लागि १ करोड ९० लाख, अन्य मार्ग र सडक नाला निर्माण तथा मर्मतका लागि ९ करोड १५ लाख, खानेपानी र विद्युतीकरण पूर्वाधार निर्माण एवं मर्मत शिर्षकमा २ करोड ७७ लाख ७० हजार रुपैयाँ बजेट पारित गरिएको छ ।
त्यस्तै, नगरपालिकाले वातावरण तथा सरसफाई र विपद् व्यवस्थापन कार्यक्रमका लागि १ करोड ४० लाख रुपैयाँ, केन्द्र एवं वडा कार्यलय भवन निर्माण तथा मर्मतका लागि १ करोड र कार्यालयको चालु खर्च, वडास्तरीय र अन्य र्सशर्त कार्यक्रमका लागि ७५ करोड ७६ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख न्यौपानेले जानकारी गराएका छन् ।
पूर्वाधार निर्माण
स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको नगरपालिकाले पूर्वाधार निर्माण क्षेत्र वडाका निर्वाचित प्रतिनिधिहरुको उत्तरदायी बढ्ने र वडावासीहरुसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नका लागि सबै वडाका लागि सामाजिक न्यायपूर्वक वडाका प्रतिनिधिहरु मार्फ वस्ती, टोल संस्थासँग परामर्श गरी विकास आयोजनाहरु छनौट गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
नगरउपप्रमुख मिरा जोशीद्वारा प्रस्तुत आगामि आर्थिक वर्षको निती तथा कार्यक्रममा वडाले सिफारिस गरेका ठूला पूर्वाधारका आयोजनाहरु नगरस्तरीय आयोजनामा राखी कार्यक्रम ल्याइने भएको छ । महत्वपूर्ण मार्गहरु, खानेपानीका आयोजनाहरु, खेल मैदानहरु, पर्यटकीय प्रवर्द्धनका पार्कहरु, निर्माण हुन बाँकी वडा कार्यालय भवनहरु निर्माण सम्पन्न गर्ने गरी पूर्वाधारका आयोजनाहरु सञ्चालन गर्ने निती बनाइएको छ । सबै वडा कार्यालयहरुमा कालेपत्रे मार्ग लैजाने र आगामी आर्थिक वर्ष भित्र सबै वडा कार्यालयहरु आफ्नै हुने गरी कार्यक्रम तय गरेको छ ।
नगरपालिकाबाट संचालित योजनाहरुलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न न्युनतम एक वडा एक प्राविधिकको व्यवस्था गरेको नगरपालिकाबाट छनौट भएका रु. ५० लाख भन्दा माथिका विकास आयोजनाहरुलाई प्राथमिकतामा राखी प्रथम चौमासिक भित्र नै निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ । आगामी आर्थिक वर्ष व्यास नगरपालिकामा नगर यातायात संजाल विकास गर्न र नगर बस संचालन गर्न सम्भाव्यता अध्ययन गरी आर्थिक वर्ष ०७८/७९ मा नगर बस सञ्चालन गर्ने योजना नगरपालिकाको रहेको नगरउपप्रमुख जोशीले बताइन् ।
विकास आयोजनाहरुको सञ्चालनमा उपभोक्ताहरुको अपनत्व रहने गरी लागत सहभागितालाई पुनःविचार गरी न्यूनत्तम दश प्रतिशतदेखि ३० प्रतिशतसम्म रहने व्यवस्था मिलाउने निती अगाडि ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्थले बताए ।
उनले भने, ‘शहरी क्षेत्रका चोक, सडक पेटी र जीर्ण सडकहरु सडक बोर्ड नेपाल, प्रदेश सरकारको सहयोगमा स्तरीकरण गर्ने, काठे पोलहरु विस्थापन गरी स्टिलको पोलहरु व्यवस्थापन गर्ने र विद्युत नपुगेका घरहरुमा विद्युत पुर्याउने कार्यमा संघ प्रदेश सरकारसँग सहकार्य गर्ने नगरपालिकाको निती तथा कार्यक्रम बनाएको छ ।’ यस्तै, चालु आर्थिक वर्ष २०७५/०७६ का केही अधुरा योजनाहरु हालसम्म पनि सम्पन्न नभएको हुँदा औचित्यका आधारमा त्यस्ता योजनामा रकमान्तर नगरिने निती नगरपालिकाले लिएको छ ।










