आँबुखैरेनी गाउँपालिकाको ५९ करोड ९१ लाख संशोधित बजेट

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्ष ०७८/७९ को बजेट संशोधन सहित पारित गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न दशौं गाउँसभाले चालु आर्थिक वर्षा लागि ५९ करोड ९१ लाख ३० लाख रुपैयाँको संशोधित बजेट पारित गरेको हो ।

गाउँसभाले एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि, आन्तरिक नियन्त्रण प्रणाली विधेयक पारित गरेको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताए । गाउँपालिकाले हालै एम्बुलेन्स खरिद गरेको सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि आवश्यक भएपछि गाउँसभाबाट पारित गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अर्याल लगायतले चालु आर्थिक वर्षमा भएका प्रगति विवरण र भावि योजनाका विषय जानकारी गराएका थिए ।

यस्तै, गाउँसभामा उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको छ । नगरसभाका अवसरमा स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय, सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठ, लेखापाल सञ्जय काफ्ले, सहायकस्तर पाँचौ शिखरलाल डोटेल, अञ्जु गुरुङ, शिक्षा शाखामा कार्यरत ध्रुव सेढाइँ, अमिन सरोजचन्द्र अधिकारी, कार्यालय सहयोगी धनबहादुर दर्लामीलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker