ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

तनहुँको देवघाट गाउँपालिका स्थित देवघाटधाममा रहेको महेश संस्कृत गुरुकुलका बटुकहरु यज्ञोपवीत (जनै) धारण गर्दै। जनैपूर्णिमा पर्वका अवसरमा बटुकहरुले पुण्यसलिला कृष्णागण्डकीमा वैदिक विधिअनुसार श्रावणीस्नान गरी ऋषिपूजन, तन्तुदेवतापूजन, ग्रन्थिदेवतापूजन, वंशब्रुवण, ऋषिश्राद्ध एवं रक्षाबन्धनपूजा गरी यज्ञोपवीत (जनै) धारण एवं रक्षाबन्धन गरेका थिए । तस्विर : भञ्ज्याङ










