मुग्लिन पोखरा सडक विस्तार : दमौलीका घर हटाउन अगाडि बढ्यो नगरपालिका

सडकको केन्द्रविन्दु पहिचान विवादले दमौली बजार क्षेत्रमा सडक सीमा भित्रका केही घर नहटाउँदा राजमार्ग विस्तारकार्य अगाडि बढ्न सकेको छैन । सडक योजना तथा स्थानीय पालिकाले सडक सीमा भित्रका घरटहरा हटाउन पटक–पटक आग्रह गरेपनि घरटहरा नहटाइदा सडक विस्तार तथा विद्युत प्रसारण लाइन विस्तारमा समस्या देखिएपछि नगरपालिका घर हटाउन अगाडि बढेको छ ।
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत दमौली बजारका घरहरु हटाउने प्रक्रिया अगाडी बढाउन नगरपालिकाले प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाको बैठकले आगामि छ दिनभित्र सकिने गरी नाप अनुसार भत्काउनुपर्ने घर हटाउनका लागि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।
व्यास नगरपालिका–२, ३ र ४ को बजार क्षेत्रमा विद्युत पोल गाड्ने, नाला निर्माण गर्ने कार्यमा केही घरहरु भत्काउन बाँकी रहेकाले सडकको केन्द्रविन्दु, सम्बन्धित वडाध्यक्ष, नगरपालिकाका प्राविधिक, सडक आयोजनाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिको रोहबरमा छ दिनभित्र सकिने गरी नाप अनुसारको भत्काउनुपर्ने घर हटाउने प्रक्रिया अगाडी बढाउने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
यस्तै, बैठकले सडक निर्माण गर्दा क्रसिङको माग ज्यादा भएकाले सुरक्षा र सम्भावनालाई मध्यनजर गरी सो सम्बन्धमा आयोजनाबाट तत्काल सम्बोधन गर्ने निर्णय भएको न्यौपानेले बताए। उनका अनुसार भत्काउने घरहरूको मुआब्जा प्राप्त नभएको गुनासो आएकाले मुआब्जा प्राप्त गर्नुपर्ने घरहरूलाई तत्काल मुआब्जा उपलब्ध गराउने र घर भत्काई निर्माण सम्पन्न भएका घरहरूको दोस्रो किस्ता उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।
सडकसंग जोडिएका शाखा बाटाहरू र नाला निकासहरूलाई उपभोक्ता र सम्बन्धित वडा अध्यक्ष समेतको रोहबरमा आयोजनाले निर्माणकर्तासंग समन्वय गरी आवश्यक प्रवन्ध गर्ने गराउने निर्णय गरिएको छ ।
बैठकले पृथ्वी राजमार्ग विस्तार अभियानलाई सहयोग पु¥याउन सम्बन्धित सबै पक्ष प्रतिवद्ध रही सम्पूर्ण सरोकारवालासँग सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
राजमार्ग निर्माणकार्य समयमा सम्पन्न नहुँदा नगर क्षेत्रमा धुलो लगायतका विभिन्न समस्याले मानिसहरु हिड्डुल गर्न कठिनाई हुनुका साथै विद्यालय जाने बालबालिका र व्यवसायमा समेत असर परेको हुँदा सडक निर्माण कार्य र निर्णयलाई कार्यान्वयनमा सहयोग गर्न नगरप्रमुख न्यौपानले सबै पक्षसंग अनुरोध गरेका छन्।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker