शुक्लागण्डकीमा संचालित तेस्रो राष्ट्रपति रनिङ शिल्डमा पञ्चमुनिदेव च्याम्पियन

भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

तनहुँको शुक्लागण्डकी नगरपालिकामा संचालित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पञ्चमुनिदेव मावि च्याम्पियन बनेको छ । कुल २८ इभेन्टमा गराइएको प्रतिस्पर्धामा पञ्चमुनिदेवले १० स्वर्ण, ३ रजत र ७ कास्य पदक जित्दै च्याम्पियन बनेको हो ।

प्रतियोगितामा हंशबाहिनीले ५ स्वर्ण, ५ रजत र ४ कास्य पदक हाँसिल गर्दै दोस्रो र गाउँफर्कोदय मावि ३ स्वर्ण, ५ रजत र ३ कास्य पदक जित्दै तेस्रो भएको छ । त्यस्तै तालवेंशी माविले २ स्वर्ण, ५ रजत र ३ कास्यपदक जितेको छ भने अरनिको माविले २ स्वर्ण र ४ रजत पदक जितेको छ । प्रतियोगिताका विजेताहरुलाई आइतबार विहान पुरस्कार वितरण गरिने सुचना अधिकारी रोशन हमालले जानकारी दिए ।

शनिबार भएको छात्रतर्फको ३००० मिटर दौडमा पञ्चमुनिदेव माविका मिलन थापाले स्वर्ण जितेका छन् । अरनिको मावि खैरेनीटारका सुगम गुरुङ्गले रजत र आधारभूत मावि साँखेका सुरज विकले कास्य पदक हात पारे । ८०० टिमरको छात्र दौडमा अरनिको माविका मोती बहादुर खत्रीले स्वर्ण, तालवेसी माविका सुदिप सापकोटाले रजत र पञ्चमुनिदेव माविका अशोक आलेले कास्य पदक जित्नसफल भए । छात्रातर्फो ८०० मिटर दौडमा तालवेसी माविकी मञ्जु केसीले स्वर्ण, पञ्चमुनिदेव माविकी प्रतिमा राइले रजत र पञ्चमुनिदेवकै विनिता सुनारले कास्य जितिन् ।

त्यसै गरी २०० मिटरको छात्र दौडमा पञ्चमुनिदेव माविका अमृत कुमालले स्वर्ण, अरनिको माविका मोती बहादुरले रजत र सुर्योदय माविका रामप्रसाद अधिकारीले कास्य पदक हात पारे । छात्रातर्फको २०० मिटर दौडमा महेन्द्र माविकी दुर्गा श्रेष्ठले स्वर्ण, तालवेसी माविकी मञ्जु सुवेदीले रजत र दिवस माविकी सुनिता विकले कास्य पदक जितिन् । १०० मिटर छात्र दौडमा हंशबाहिनीका अमृत विकले स्वर्ण, अरनिको माविका मोतीलाल खत्रीले रजत र सुर्योदयका रामप्रसाद अधिकारीले कास्य पदक जिते । १०० मिटर छात्रा दौडमा गाउँफर्कोदयकी करुणा भुजेलले स्वर्ण, तालवेसीकी मञ्जु सुवेदीले रजग र हंशबाहिनीकी विनिता थापाले कास्य पदक जित्न सफल भइन् ।

छात्रा शट पुटमा हंशबाहिनी माविकी विष्णु पुनले स्वर्ण, आधारभुतकी रचिता सुनारले रजत र खैरेनी माविकी मनिता प्रधानले कास्य पदक जितिन् । छात्र लङजम्पमा गाउँफर्कोदय माविका अमृत विकले स्वर्ण, अरनिको माविका विद्या गुरुङ्गले रजत र पञ्चमुनिदेव माविका मन्दिप रानाले कास्य जिते । छात्रातर्फको लङजम्पमा गाउँफर्कोदय माविकी करुणा भुजेलले स्वर्ण पदक दिलाइन्। हंशबाहिनीकी सञ्जना गोदारले रजत र हंशबाहिनीकै विनिता थापाले कास्य पदक हात पारिन् ।

छात्र हाइजम्पमा हंशबाहिनी माविका सुरेश खड्काले स्वर्ण पदक दिलाए । शहिदकृष्ण माविका विकास सुनारले रजत र नेपाल पुलिस स्कुल दिवस देउजा र तालवेसी मावि साहिल सिग्देलले कास्य पदक जिते । छात्रातर्फको हाइजम्पमा पञ्चमुनिदेव माविकी प्रतिमा राइले स्वर्ण, तालवेसी माविकी स्मृती परियारले रजत र गाउँफर्कोदय माविकी अनिषा काफ्लेले कास्य पदक जितिन् । छात्र टि्रपल जम्पमा गाउँफर्कोदय माविका अमृत विकले स्वर्ण, तालवेसी मावि साहिल सिग्देलले रजत र शहिद कृष्ण माविका सुजन कुमालले कास्य पदक हात पारे ।

छात्रातर्फको टि्रपल जम्पमा पञ्चमुनिदेव मावि अनुषा श्रेष्ठले स्वर्ण, गाउँफर्कोदय माविकी करुणा भुजेलले रजत र तालवेसी माविकी आकासी थापाले कास्य पदक जितिन् । छात्रतर्फको ४/४०० रिले दौडमा तालवेसी माविका किसान बहादुर खड्का, सुदिप सापकोटा, सचिन परियार, साहिल सिग्देलको समुहले स्वर्ण, हंशबाहिनी माविका रोशन भुजेल, अभिषेक पुन, सन्देश राइ, संगम वि.कको समुहले रजत र पञ्चमुनिदेव माविका अशोक आले, मिलन थापा, सुदिप कुवर, मन्दिप रानाले कास्य पदक जिते ।

छात्रातर्फ ४/४०० रिल दौडमा पञ्चमुनिदेव माविका प्रतिमा राइ, विनिता गर्तौला, विनिता सुनार, निश्मा गुरुङ्गको समुहले स्वर्ण, तालवेसी माविका मञ्जु केसी, मञ्जु सुवेदी, मेलिना कार्की, भीमश्री गुरुङ्गको समुहले रजत र खैरेनी माविका पुजा श्रेष्ठ, कृष्ण कुमाल, ममता दर्जी, सुविना थापा मगरको समुहले कास्य पदक जितेका छन् ।

छात्रा भलिवलतर्फ पञ्चमुनि माविले स्वर्ण पदक जित्न सफल भएको छ । गाउँफर्कोदय माविले रजत र आधारभूत मावि साँखेले कास्य पदक जितेको छ । त्यस्तै छात्र भलिबलतर्फपञ्चमुनिदेव माविले स्वर्ण पदक जितेको छ । जनप्रेमी मावि लामागाउँले रजत र आधारभुत मावि साँखेले कास्य पदक जित्न सफल भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker