मित्रता सहकारीको १३औं साधारण सभा

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयफाँटस्थित मित्रता बचत तथा ऋण सहकारी संस्थाले १३औं साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष रामचन्द्र कँडेलको अध्यक्षतामा आयोजित साधारणसभालाई सम्बोधन गर्दै आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले सहकारीले किसान र साना ब्यापारीहरुलाई आर्थिक कारोबारमा सहयोग पुग्नुका साथै महिला र बालबालिकाहरुलाई बचत गर्ने बानीको विकासमा सहयोग पुगेको बताइन् ।
कार्यक्रममा आँबुखैरेनी गाउँपालिका–१ का वडाअध्यक्ष प्रेमबहादुर थापा, बन्दिपुर–५ का वडाअध्यक्ष धु्रबप्रसाद लामिछान, पालुङटार–८ का पूर्व वडा अध्यक्ष शंकर कँडेल, आँबुखैरेनी–३ का वडा सदस्य मनोज श्रेष्ठ लगायतले सहकारीको महत्वका विषयमा चर्चा गरेको संस्थाकी ब्यवस्थापक रचना थापाले जानकारी गराइन् ।
कार्यक्रममा कोषध्यक्ष ऋषिराम अधिकारीले आर्थिक प्रतिबेदन र सचिव पदमराज अधिकारीले संस्थाका विषयमा जानकारी गराएका थिए ।
उक्त अवसरमा स्थानीय बयोवृद्ध सरस्वती पण्डित, शेयर धनीका तर्फबाट ज्येष्ठ सदस्य लिलामाया लम्साल र मोतराज कँडेललाई सम्मान गरिएको थियो।
असल बचत कर्ता र असल ऋणीहरुलाई समेत सम्मान गरेको सहकारीले मित्रता माविको २०७८÷०७९ को एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने सम्रक अधिकारी, अमृत अर्याल, धनु गुरुङ र संस्थाको कार्य सम्पादनमा उत्कृष्ठ कार्य गर्ने मेलिना वि.क.लाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरेको थियो ।










