नवौं तनहुँ महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था

दमौली : तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेदेखि माघ ७ गतेसम्म हुने नवौं तनहुँ महोत्सवमा दर्शकहरूको संख्या वृद्धि गर्ने उद्देश्यले निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सवमा “तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मूल नारासहित कृषक, उद्योग, पर्यटन र प्रविधिको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रका अनुसार बिहान ९ देखि ११ बजेसम्म निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ । सार्वजनिक विदा तथा विशेष समयमा भने १०० रुपैयाँ शुल्क लाग्नेछ भने विद्यार्थीका लागि ७० रुपियाँको छुट दिने व्यवस्था गरिएको छ ।
महोत्सवमा कृषिलाई प्राथमिकता दिँदै कृषकको उत्पादनको बजारीकरण र बिक्रीमा ध्यान दिएको छ । मिश्रका अनुसार कृषकहरू प्रायः सस्तो मूल्यमा आफ्नो उत्पादन बेच्न बाध्य भएका छन्, जसले गर्दा उनीहरूको आर्थिक स्थिति कमजोर बनिरहेको छ । महोत्सवमा किसानलाई स्टलको शुल्क नलिने र पालिकासँग समन्वय गरेर निःशुल्क ढुवानीको व्यवस्था पनि मिलाइने भएको छ ।
महोत्सवमा कृषि उपज, पशुपक्षीजन्य उत्पाद, दुग्धजन्य उत्पाद र मत्स्यजन्य परिकारहरूको प्रदर्शनी राखिने छ । यसैगरी, स्थानीय हस्तकला र उद्योगहरूको पनि प्रदर्शनी हुनेछ । महोत्सवले कृषि क्षेत्रका विभिन्न पाटोलाई समेट्दै कृषिमा नविनतम प्रविधिहरू र व्यावसायिक कृषि पेसामा युवाहरूलाई उत्प्रेरित गर्ने उद्देश्य राखेको छ ।
महोत्सवले कृषि उपजको बजारीकरणमा सुधार ल्याउने, उन्नत बीउको प्रयोगमा वृद्धि गर्ने, युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्ने कार्यमा मद्दत पुग्ने आयोजकले विश्वास गरेको छ । महोत्सवबाट तनहुँ जिल्लामा कृषि र व्यवसायिक गतिविधिहरूमा नयाँ उचाईमा पुग्ने पनि विश्वास गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker