तनहुँमा “समुदायमा कांग्रेस” अभियान सुरु
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेस तनहुँले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । पार्टीको केन्द्रीय समितिको निर्देशन बमोजिम शनिबारबाट उक्त अभियान जिल्लामा पनि सुरु गरिएको हो । पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि सत्तार मियाँको उपस्थितिमा उक्त अभियान सुरु भएको पार्टीका जिल्ला प्रवक्ता हरि प्रसाद वाग्लेले जानकारी गराएका छन् ।
अभियान माघ २६ गतेसम्म सञ्चालन हुनेछ । उक्त अवसरमा गण्डकी प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्य किरण बाबु श्रेष्ठ र पदम परियारलाई बधाई एवं शुभकामना प्रदान गरिएको थियो ।










